
बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मंगलबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडा कार्यालय र भगवती आमा समूहको आयोजनामा शिविर सम्पन्न भएको हो ।

शिविरमा दुई सय ५८ जना महिला र एक सय २५ जना पुरुष गरि तीन सय ८३ जना लाभान्वित भएका अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार घार, शिख, पाउद्धार, खिवाङ, बिरौटा, भुवानीपानी लगायत टोलका बासिन्दाहरुले सेवा लिएका छन् । जनरल र स्त्रीरोग सम्बन्धी विशेषज्ञका साथै पाठेघरको मुखको क्यान्सर, दाँत भर्ने, उखेल्ने, मुटु, चिनीरोग परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सम्बन्धी सेवा दिइएको थियो ।

