‘स्वर्गाश्रम’मा कलशयात्रा गरेर भकिम्लीबासीले नयाँ वर्षलाई स्वागत गरे

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका बासिन्दाले धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रममा कलशयात्रा गरेर मंगलबार नयाँ वर्ष २०८३ को स्वागत गरेका छन् ।

भकिम्लीको विभिन्न टोलका बासिन्दाहरु स्वर्गाश्रममा जम्मा भएर भजनकिर्तन सहित कलशयात्रा र शुभकामना आदानप्रदान गरेका थिए । परम्परागत रुपमा गरिदै आएको कलशयात्रालाई यसपाली बेनी नगरपालिका–३ नम्बर वडा कार्यालय र स्वर्गाश्रम– बेलढुंगा क्षेत्र विकास समितिको आयोजनामा निरन्तरता दिइएको हो ।

शुभकामना आदानप्रदान, सद्भाव, सहकार्य र शान्ति कायम गर्ने, प्राकृतिक विपद्, अनिष्ठ नहोस भन्ने कामना सहित साविकका नौ वटै वडाका प्रतिनिधीत्व हुने गरि एक÷एक वटा कलश सहित सामुहिक यात्रा गर्ने चलनलाई निरन्तरता दिएको वडा सदस्य समेत रहेका स्वर्गाश्रम–बेलढुंगा क्षेत्र विकास समितिका अध्यक्ष रत्नबहादुर जिसीले बताउनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको स्वर्गाश्रममा नयाँ वर्षको दिन पुजाआजा र कलशयात्रा गरेमा पुण्य मिल्ने जनविश्वास समेत रहेको छ । आश्रममा १२ वर्षसम्म तपस्या गरी बस्नुभएकी इन्दिरा माता, वडा अध्यक्ष पदम पुन लगायत जनप्रतिनिधी र टोलका प्रतिनिधी तथा अगुवाहरु, आमा समूह र युवा क्लवका प्रतिनिधीहरुको सहभागितामा कलशयात्रा गरिएको थियो ।

समुन्द्रि सतहदेखि दुई हजार चार सय मिटर उचाईमा रहेको स्वर्गाश्रमबाट मनोरम हिमशृङ्खला र बेनी बजारसहित, दर्जनौँ गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ । स्वर्गाश्रमदेखि ३० मिनेट पैदलयात्रा गरेपछि पुगिने बागलुङ र म्याग्दीको सिमानामा रहेको बेलढुङ्गामा नयाँ वर्ष मनाउन आएका पर्यटकहरुको दिनभरजसो चहलपहल थियो ।

समुन्द्रि सतहदेखि दुई हजार छ सय १४ मिटर उचाइमा रहेको बेलढुंगाबाट गुर्जा, चुरेन, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाको दृष्य अवलोकन गर्न सकिन्छ । नागबेनी परेर बगेको म्याग्दी नदी, जिल्ला सदरमुकाम बेनी बजार, पर्वतको मल्लाज, म्याग्दीको अर्थुङ्गे, पुलाचौर, कुहुँ, बरङ्जा, बाबियाचौर, भकिम्ली गाउँको दृष्य अवलोकन गर्न सकिन्छ ।

स्वर्गाश्रमको फेदीमा रहेको बाघखोरमा पार्क र बनभोज स्थल रहेको छ । स्वर्गाश्रम र बेलढुङ्गाको एकिकृत पर्यटन विकासमा बागलुङको काठेखोलाको धम्जा र म्याग्दीको बेनी नगरपालिकाको भकिम्लीको वडा कार्यालय र संघ संस्थाले साझेदारी गर्दै आएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...