सामुदायिक स्वास्थ्य केन्द्र खुलेपछि मंगलाघाटबासीलाई सहज, भाडा तिर्ने बजेट नहुँदा समस्या

Gandaki Ghumau

बेनी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।
आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट, वडा नम्बर २ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित भएका छन् । पाँच वर्षको प्रयासपछि केन्द्र स्थापना भएको सञ्चालक समितिका सदस्य नवराज पौडेलले बताउनुभयो ।

“सदरमुकाममै भएपनि निजी क्लिनिक समेत नभएको मङ्गलाघाटका बासिन्दालाई समान्य बिरामी पर्दा स्वास्थ्य परिक्षण, औषधी लिन, रक्तचाप, चिनिरोग परिक्षण गराउन असहज भएकोपछि पाँच वर्षअघि स्वास्थ्य केन्द्र सञ्चालनको माग गरेका थियौ,” उहाँले भन्नुभयो “टोलमै स्वास्थ्य केन्द्र भएपछि प्राथमिक उपचारका लागि वडा नम्बर ८ मा पर्ने कालीपुल स्थित प्रदेश अस्पतालमा पुगेर घण्टौ लाइन बस्नुपर्ने अथवा निजी क्लिनकमा धाउनुपर्ने समस्या हटेको छ ।”
बेनी नगरपालिकाको वडा नम्बर ७ मा यसअघि स्वास्थ्य संस्था थिएन् । केन्द्रमा नगरपालिकाले एक जना सिनियर अहेव र एक जना स्टाफ नर्स खटाएको छ । स्वास्थ्य परिक्षण, खोप, निशूल्क औषधी वितरण, परामर्श, गर्भपरिक्षण, सुत्केरी घरभेट लगायत स्वास्थ्य चौकीबाट प्रदान गरिने आधारभूत तहको सेवा उपलब्ध रहेको छ । सेवा लिनेको संख्या मासिक दुई सय जनाको हाराहारीमा रहेको केन्द्रका सिनियर अहेव सिमा भण्डारी घिमिरेले बताउनुभयो ।

Gunasthariya Shiksya

भाडाको घरमा केन्द्र सञ्चालन भएको छ । बेनी नगरपालिकाले स्वास्थ्य केन्द्र स्थापनाका लागि बिनियोजन गरेको रु. एक लाख ५० हजार बजेटले फर्निचर र स्वास्थ्य सामग्री खरिदमा अपुग भएपछि स्थानीयबासीले रु. एक लाख १३ हजार संकलन गरेर भुक्तानी गरेका सञ्चालक समितिका सदस्य पौडेलले बताउनुभयो ।

Shreekrishna

वार्षिक रु. ६० हजार घरभाडा तिर्न बजेट अभाव हुँदा समस्या भएको उहाँले बताउनुभयो । केन्द्रको भवन निर्माण र नियमित सञ्चालन गर्न मङ्गलाघाटबासीले माग गरेका छन् । नगरपालिकाले वडा स्तरीय स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने टोलका बासिन्दाहरुलाई लक्षित गरेर यसअघि सिंगा, डडुवा, सेताढुङ्गा, गलेश्वर र तोरीपानीमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...