पोखरेबगर-चित्रे सडकको लुलीयाघुम्तीमा श्रमदान मार्फत मर्मत थालियो

Gandaki Ghumau

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकको लुलीया घुम्तिको सडक मर्मतका लागि आइतबारदेखि समुदाय स्तरबाट श्रमदान अभियान सञ्चालन भएको छ ।

पोखरेबगर–घोडेपानी सडकको लुलीयाघुम्तीमा दुर्घटना बढ्न थालेपछि स्थानीयबासीहरुले स्वसफुर्त रुपमा श्रमदान गरेर मर्मत थालेका हुन् । पोखरेबगर, कुरमुनी, हल्लेखर्क, बिरौटा, भुवानीथान र घारगाउँका ७८ जना आइतबार श्रमदानमा सहभागी भएका पोखरेबगर युवा क्लवका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाले उपलब्ध गराएको जाली भरेर १३ घनमिटर पर्खाल निर्माण भएको र १५ मिटर दुरीमा ढुङ्गा बिछ्याएर सोलिङ भएको छ । थप कामका लागि सोमबार पनि श्रमदान अभियानलाई निरन्तरता दिइने क्लवका अध्यक्ष खड्काले बताउनुभयो । सडकको अन्य ठाउँमा नालीमा थुप्रिएको फोहोर हटाएर सफा गरिएको छ ।

Shreekrishna

अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्का, स्थानीय युवा राजाराम बरुवाल, बिपिन बरुवाल, रामकृष्ण खड्काको समन्वयमा सडक मर्मतका लागि श्रमदान अभियान सञ्चालन भएको हो । सडक मर्मतका लागि मुक्तिनाथ केबुलकार प्रा.ली.बाट रु. ५० हजार सहयोग प्राप्त भएको र यातायात ब्यवसायीहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

Gunasthariya Shiksya

लुलीयाघुम्ती र हल्लेखर्च पहिरो क्षेत्रमा सडकको जिर्ण अवस्थाका कारण स्थानीयबासीका साथै पर्यटकीय स्थल घोडेपानी भ्रमणमा जाने पर्यटकहरुलाई समस्या भएको छ । पहिरोका कारण साँघुरिएको, ग्रेड र मोड नमिलेको लुलीयाघुम्ती र हल्लेखर्क पहिरोमा सवारी साधन उक्लन नसक्ने, बिचैमा अड्कीने र दुर्घटना हुने समस्या बढेको छ ।

संघीय सरकारले बजेट बिनियोजन गरेको योजना कार्यान्वयनमा भएको ढिलाईका कारण जोखिम बढेपछि समुदाय स्तरमा श्रमदान गरेर अस्थायी रुपमा मर्मता थालिएको वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

“लुलीयाघुम्ती, हल्लेखर्कको सडक सुधारका लागि स्थानीय पूर्वाधार विकास कार्यालय पोखराले योजना कार्यान्वयनमा गरेको ढिलाईले दुर्घटनाको जोखिम र सास्ती बढाएको छ,” उहाँले भन्नुभयो “जनप्रतिनिधीहरुबाट निरन्तर ताकेता भएपनि कार्यालयले बेवास्ता गर्दा दिर्घकालिन समाधानका लागि रु. तीन करोड बजेट बिनियोजन भएको योजना कार्यान्वयनमा अन्यौलता सिर्जना भएको छ ।”

घोडेपानीको वनपाखा लालीगुराँस फुलेर रंगिएको छ । कास्कीको बिरेठाटीतर्फबाट पनि घोडेपानी सडकले जोडिएको छ । बिरेठाँटी उल्लेरी हुदै घोडेपानी जोड्ने सडक नयाँ मार्ग खोलेको हुँदा भालेओडार क्षेत्रमा हिलोमा फस्ने समस्या छ । लालीगुराँसको जंगल, पुनहिलबाट हिमशृङखला अवलोकनका लागि सवारी साधन चढेर घोडेपानी जाने आन्तरिक पर्यटकको चाप छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...