जलजला गाउँपालिकाले चालु आवको बजेट संसोधन गरेर घटायो

Gandaki Ghumau

लामाखेत। पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट संसोधन गरेर घटाएको छ ।

गाउँपालिकाको केन्द्र लामाखेतमा शुक्रबार सम्पन्न २० औ गाउँसभाले गत असारमा गरेको सभाले पारित गरेको बजेटलाई संसोधन गर्न उपाध्यक्ष दिपक आचार्यले पेश गरेको प्रस्ताव पारित गरेको हो ।

रु. ५९ करोड ५४ लाख अनुमानित बजेट सार्वजनिक गरिएकोमा आन्तरिक आम्दानी लगायत विभिन्न श्रोतवाट प्राप्त हुने बजेट कम भएपछि संसोधन गरिएको हो । संशोधित बजेट अनुसार रु. ५५ करोड ६८ लाख ३६ हजार ८ सय कायम गरिएको छ । अघिल्लो बजेट भन्दा रु. तीन करोड ८५ लाख ६३ हजार दुई सय रुपैया घटाईएको हो ।

Shreekrishna
Gunasthariya Shiksya

यसैगरी महालेखा परिक्षकको कार्यालयवाट गत आर्थिक वर्ष ०८१÷०८२ को प्रतिवेदनमा औल्याईएका अनियमित बेरुजुहरुलाई सम्परिक्षणको लागि गरिएको निर्णयहरु र बेरुजुको शिर्षकहरु समेत प्रस्तुत गरिएको थियो । यसैगरी सभाले लुङ्दी आधारभुत विद्यालयमा कक्षा ९ संचालन गर्न अनुमती समेत प्रदान गरेको छ । कक्षा ८ सम्म संचालन हुँदै आएको उक्त विद्यालयका विद्यार्थीहरु कक्षा ९ अध्ययन गर्न छिमेकी जिल्ला वाट घण्टौ लगाएर अन्यत्र जानुपर्ने बाध्यता भएपछि कक्षा ९ संचालनको अनुमति दिईएको गाउँपालिका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।

गाउँ अधिवेशनकै अवसरमा पालिकाका विभिन्न उत्कृष्ट कर्मचारी र अन्य व्यक्तिहरुलाई सम्मान गरिएको छ । उत्कृष्ट कर दाता विष्णु पुन, उत्कृष्ट उपभोक्ता समिति बुढीकुलो बाढी नियन्त्रण उपभोक्ता समिति, उत्कृष्ट जन प्रतनिधि रूपबहादुर पुन, उत्कृष्ट निर्माण व्यवसायी सक्षम बिल्डर्स प्रा. लि, उत्कृष्ट संस्था जनआश्रित टोल विकास संस्था र उत्कृष्ट कर्मचारीहरू; सहायक शिक्षा अधिकृत देवी रिजाल, सहायक लेखा अधिकृत महेन्द्र सुवेदी, सब इन्जिनियर पुकार सापकोटा, सहायक कम्प्युटर अधिकृत शिव शंकर राय यादव र सहायक कम्प्युटर अपरेटर पूर्ख बहादुर पुजालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष आचार्यले चालु आर्थिक वर्षको साउनदेखि चैत्रसम्म भएका गाउँपालिकाका विषयगत शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । हालसम्म पुँजीगत खर्च २२ प्रतिशत र चालु खर्च ५३ प्रतिशत भएको छ । त्यसैगरी वडस्तरीय योजना १४ वटा सम्पन्न भएका छन् भन् पालिका स्तरीय योजना सातवटा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...