बेनीमा ‘वडा पर्यटन परियोजना’

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।

पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई जोड दिन नगरपालिकाका १० वटै समेटेर परियोजना सञ्चालन गरेको हो । नगर प्रमुख सुरत केसीले सबै वडामा परियोजना सञ्चालन गर्नका लागि योजना छनौट गरि नगरपालिका, प्रदेश, संघीय सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने नीति लिएको बताउनुभयो ।

“म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजार मुस्ताङ स्थित हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धारको रुपमा परिचित छ,” उहाँले भन्नुभयो “मुस्ताङ जाने र आउने पर्यटक तथा तिर्थयात्रीहरुलाई बेनी बजार र आसपासका क्षेत्रमा भुलाउने, बसाई लम्बाउने उद्देश्यले पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएका हौ ।”

Shreekrishna

बेनी–जोमसोम सडक भएर गत आर्थिक वर्षमा आठ लाख जना पर्यटक मुस्ताङ भ्रमणमा गएका थिए । संघीय पर्यटनमन्त्रालयसँग वडा नम्बर ५ को पछैमा उद्यान निर्माण गरेर हिन्दु धर्मग्रन्थ रामायणका पात्र रावणको २१ फिट अग्लो, १० वटा टाउको भएको, ढलोट धातुले बनेको र पित्तलको जलप लगाएको मुर्ती स्थापना गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा गलेश्वर बजार सौन्दर्यकरण परियोजनालाई निरन्तरता, लभ्लीहिल पर्यटन पूर्वाधार र बेनीमा शान्ति पार्क निर्माण योजना अघि बढाएको छ ।

नगरपालिकाले रु. ३० लाख बजेट बिनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजना मार्फत गलेश्वर शिवालय क्षेत्र विकास कोषसँग साझेदारी गरेर ४८ लाख ७४ हजारको लागतमा दुई ९५ मिटर दुरी सडकमा एक हजार सात सय १८ दशमलब पाँच घनमिटर स्लेट ढुङ्गा बिछ्याउने र ३० मिटर लामो नाली निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

रु. २५÷२५ लाख बजेट बिनियोजन भएको लभ्लीहिल पर्यटन प्रर्वद्धन र शान्ति पार्क निर्माण योजना कार्यान्वयनको चरणमा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पर्यटन प्रर्वद्धनका लागि चालु आर्थिक वर्षमा रु. एक करोड चार लाख बजेट बिनियोजन भएको उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बेनी बजारको दायाँतर्फ रहेको कालीगण्डकी नदि किनारमा निर्माण भएको चक्रपथको वडा नम्बर ८ को भुगोलभित्र सडकको डिलमा रेलिङ राखेर फुटपाथ बनाउने र सडक बत्ती जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ । वडा नम्बर ८ मा रहेको एक सय वर्ष पुरानो गणेश मन्दिरमा पित्तलको छानो राखेर पुननिर्माण भएको छ ।
कुन वडामा कस्तो परियोजना ?
बेनी नगरपालिकाले पर्यटनसँग सम्बन्धीत १० वटै वडाका योजनाहरुलाई छनौट गरि प्राथमिकीकरण गरेको छ । वडा नं.१ रत्नेचौरको लामो झोलुङ्गे पुल, श्रीलक्ष्मीहरी मन्दिर र तोरीबारी हुदै ज्यामरुककोट, बेलढुङ्गा जोड्ने पदमार्गलाई प्राथमिकतामा राखिएको छ ।

वडा नं. २ मा रहेको लक्ष्मीहिलमा सार्वजनिक निजी साझेदारी अन्र्तगत ‘लिफ्ट ब्रिज’ बनाउन सम्भाव्यता अध्ययनका लागि निजी क्षेत्रसँग छलफल थालिएको नगर प्रमुख केसीले बताउनुभयो । यस वडामा रहेको ज्यामरुककोटको पुननिर्माण, पदमार्ग र गौस्वारामा समुदायको अगुवाइमा ३८ फिट अग्लो गोर्वद्धनको मुर्ति स्थापना भएको छ । गौस्वारा पर्यटन पूर्वाधारका लागि नगरपालिकाले यस वर्ष रु. १५ लाख बजेट बिनियोजन गरेको छ ।

वडा नम्बर ३ मा रहेको भकिम्लीको बेलढुङ्गालाई दृष्य अवलोकन स्थलको रुपमा विकास, धार्मिक स्थल स्वर्गाश्रममा पर्यटन पूर्वाधार तयार तथा बाघखोरमा उद्यान निर्माण भएको छ । प्राकृतिक उपचार स्थलको रुपमा परिचित सिंगा तातोपानी कुण्ड अवस्थित वडा नम्बर ४ मा कुण्डको संरक्षणका साथै जलाशय बनाउने योजना निर्माणका लागि संघीय उर्जा, सिचाई तथा जलस्रोत मन्त्रालयमा प्रस्ताव गरिएको छ ।

वडा नम्बर ५ मा रहेको पछै, जगन्नाथ, ढोलथान र केभहिल, वडा नं.–६मा रामशीला स्मारक स्थल र गुफा राममन्दिरलाई छनौट गरिएको छ । महारानीथान, लक्ष्मीनारायण, शिवालय, भगवती, मन्दिर रहेको बेनी नगरपालिका ७ र ८ को भूगोलमा पर्ने बराहपाखोमा ‘राउण्ड बेनी, भ्यु बेनी’ योजना अनुसार पदमार्ग निर्माण योजनालाई निरन्तता दिएको छ ।

वडा नम्बर ८ मा रहेको जलेश्वर गुफा पुननिर्माण गरि शालग्राम संग्राहलय स्थापना र कोट भण्डार क्षेत्रमा टक्सार पुरातात्विक सांस्कृति संग्रहालय स्थापनाका गर्ने योजना रहेको छ । कालीगण्डकी शुद्धताका लागि बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शवदाह स्थल निर्माण भएको थियो ।

वडा नम्बर ९ को गलेश्वरधाम देखि पुलाश्रम, घतानकोत, ढोल्ठान दरबार र जगन्नाथलाई समेटेर एकिकृत पर्यटन योजना कार्यान्वयनमा छ । वडा नम्बर १० पात्लेखेतको सिद्धाश्रम, घारसुन्ना, राधाकृति मन्दिर, वाखेत घरबास सञ्चालन र टोड्केको पर्यटन विकासका योजनालाई प्राथमिकता दिइएको छ ।

“सम्बृद्ध पर्यटकीय बेनी नगर” भन्ने अवधारणा अनुसार बेनीलाई पर्यटकीय, धार्मिक र आध्यात्मिक पर्यटनको केन्द्र बनाउने प्रयास गरिएको नगर प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार बेनी स्थित कालीगण्डकी र म्याग्दी नदीमा ‘सिल्टेशन ड्याम’ निर्माण गरि ‘स्टीमर’ सञ्चालनको सम्भाव्यता अध्ययनको चरणमा रहेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...