म्याग्दीमा शैक्षिक सत्र अगावै पर्याप्त पाठ्यपुस्तक भित्रियो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई वितरण गरिने पाठ्यपुस्तक जिल्लामा भित्रिएको छ ।

पुस्तक ब्यवसायीहरुले शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्र्याएर विद्यालयहरुलाई वितरण गर्न थालेका हुन् । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ म्याग्दीका अध्यक्ष नारायण शर्माले पोखरा स्थित जनक शिक्षा सामग्री केन्द्रबाट आवश्यक पुस्तक खरिद गरि बेनी ल्याइसकेको जानकारी दिनुभयो ।

“विगत १० वर्षदेखि म्याग्दीका पुस्तक ब्यवसायीहरुले बेनीमा सामुहिक रुपमा बिक्री कक्ष स्थापना गरेर विद्यालयमा पुस्तक पु¥याउन गरेको अभ्यासलाई यसपाली पनि निरन्तरता दिएका छौ,” उहाँले भन्नुभयो “नयाँ शैक्षिक सत्रको पठनपाठन शुरु हुनुअघिनै यही महिनाभित्र सबै विद्यालयमा पुस्तक पु¥याउने लक्ष्य सहित बिक्री कक्ष सञ्चालन गरेका छौ ।”

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका विद्यालयहरुलाई प्राथमिकता दिएर जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको तथ्याङ्क अनुसार पुस्तक प्याकीङ गरेर पालिकाको केन्द्रमा रहेका पुस्तक पसलसम्म ढुवानीको ब्यवस्था मिलाएको पनि शर्माले बताउनुभयो । मंगलबारदेखि पुस्तक विद्यालयमा पठाउन सुरु गर्ने उहाँले बताउनुभयो ।

महासंघमा आवद्ध २८ जना पुस्तक ब्यवसायीहरुले संयुक्त रुपमा बिक्री कक्ष सञ्चालन गरेका हुन् । महासंघमा आवद्ध नभएका पुस्तक ब्यवसायी भिमबहादुर श्रेष्ठले पनि माग अनुसारका पुस्तक भित्र्याएर वितरण गर्न थालिसकेको बताउनुभयो ।

म्याग्दीका सामुदायिक विद्यालयका कक्षा एक देखि १० सम्म १७ हजार तीन सय ३६ सेट पुस्तक आवश्यक पर्छ । निजी विद्यालयहरुमा करिब छ हजार विद्यार्थीहरु छन् । बालकक्षामा एक हजार नौ सय छ, कक्षा १ मा एक हजार चार सय ६४, कक्षा २ मा एक हजार तीन सय ४५, कक्षा ३ को एक हजार चार सय दुई र कक्षा ४ को एक हजार चार सय ६६ जना विद्यार्थीलाई लक्षित गरेर पुस्तक ल्याएको महासंघका सचिव धु्रबराज सुवेदीले बताउनुभयो ।

कक्षा ५ मा एक हजार पाँच सय २७, कक्षा छ मा एक हजार छ सय १०, कक्षा ७ मा एक हजार छ सय एक, कक्षा ८ मा एक हजार सात सय छ, कक्षा ९ मा एक हजार सात सय ३२ र कक्षा १० मा एक हजार चार सय ९७ विद्यार्थी रहेका छन् । उक्त संख्याका विद्यार्थीका लागि यस वर्ष १३ हजार २ सय ४५ थान पुस्तक म्याग्दी आइपुगेका छन् । गत वर्षको मौज्दात रहेको पुस्तक पनि रहेकाले अभाव नहुने सचिव सुवेदीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...