धौलागिरि र अन्नपूर्ण आरोहणका लागि ४४ जनाले अनुमति लिए

Gandaki Ghumau

बेनी, ः चालु बसन्त याममा म्याग्दीमा रहेका धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन् ।

आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि म्याग्दीको धवलागिरी गाउँपालिका–४ र आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण अन्नपूर्ण गाउँपालिकाको ४ नम्बर वडाको भूगोलमा रहेका छन् ।

धौलागिरि आरोहणका लागि दुई वटा समुहका आठ जना महिला सहित १७ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागले पछिल्लो पटक जारी गरेको विवरण अनुसार अन्नपूर्ण हिमाल आरोहणका लागि चार वटा समूहका आठ जना महिला सहित २७ जनाले अनुमति लिएका छन् ।

Shreekrishna
Gunasthariya Shiksya

धौलागिरि आरोहण अनुमति वापत रु. ७५ लाख ६४ हजार छ सय ५० र अन्नपूर्णको आरोहण अनुमतिबाट रु. एक करोड २० लाख ४९ हजार एक सय ७५ रोयल्टी प्राप्त भएको विभागका शाखा अधिकृत शर्मीला बञ्जाडेले जनाउनुभयो ।

उहाँका अनुसार बसन्त याममा अन्नपूर्ण धौलागिरि सहित हालसम्म १२ वटा हिमाल आरोहण गर्न २४ वटा समूहका एक सय ७० जनाले अनुमति लिदाँ रु. १० करोड ८७ लाख ३० हजार ९९ रोयल्टी संकलन भएको छ । दैनिक जसो आरोहण अनुमति लिनेहरुको संख्या थपिदै गएको छ ।

गत शरदयाममा धौलागिरि हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए भने अन्नपूर्ण आरोहणको अनुमति कसैले पनि लिएका थिएनन् । गत बर्षको बसन्त याममा धौलागिरि आरोहण गर्न दुई वटा समुहका १५ जना र अन्नपूर्ण चढ्न ६६ जनाले अनुमति लिएका थिए । अन्नपूर्ण र धौलागिरि हिमालको आधार शिविरमा आरोहीहरुको टोली पुगेर तयारी थालेका छन् ।

चालु बसन्त याममा म्याग्दीमा रहेका धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि हालसम्म ४४ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । आधार शिविरमा आरोहीहरुको टोली पुगेर तयारी थालेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...