रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको मङ्गला गाउँपालिका–२मा रहेको रणवाङ– दरुङ– हिदी सडक स्तरोन्नति थालिएको छ ।

एक दशकअघि निर्माण शुरु भएर पाँच वर्षअघि ट्याक खुलेको रणवाङ देखि दरुङ हुदै हिदी जोड्ने सडक मङ्गला गाउँपालिकाले स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो ।

चालु आर्थिक वर्ष २०८२÷०८३ मा गाउँपालिकाले प्रदेश समपुरक अनुदान शिर्षकमा रु. एक करोड बजेट बिनियोजन गरेर ठेक्का मार्फत स्तरोन्नतिको काम थालेको मङ्गला –२ का वडा अध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताउनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

यो सडकबाट रणवाङ स्थित वडा स्तरीय स्वास्थ्य चौकी हुदै दरुङ र हिदी जाने आउने स्थानीयबासीलाई सहज हुने उहाँले बताउनुभयो । कृषि उपज निकासी, निर्माण, खाद्यान्न र दैनिक उपभोग्य बस्तु ढुवानी गर्न सहज हुनेछ् ।

बिएनबी विल्डर्स एण्ड सप्लायर्सले २०८२ माघ १२ गते रु. ५६ लाखमा ठेक्का सम्झौता गरेको छ । आगामी २०८३ असार १० गतेसम्म ठेक्काको म्याद रहेको योजना मार्फत सडक फराकिलो पार्ने, ग्रेड र मोड सुधार, नाली, पर्खाल निर्माण र ढलान गरिने मङ्गला गाउँपालिकाका सवइञ्जिनियर बिपिन आचार्यले बताउनुभयो ।

उहाँका अनुसार रणवाङ्ग स्थित सडकको प्रवेश बिन्दुमा करिब एक सय मिटर दुरीमा ढलान पनि गर्ने लक्ष्य रहेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...