
बेनी ः पोखराका पर्यटन ब्यवसायीहरुले आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर कालीगण्डकी नदीमा ‘¥याफ्टिङ’ प्रर्वद्धन गरेका छन् ।
पर्यटकीय राजधानी पोखरा घुम्न आउने पर्यटकहरुको बसाई लम्बाउनका लागि पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुल सम्म कालीगण्डकीमा ‘¥याफ्टिङ’ गरेका हुन् ।
पोखरा भ्रमण वर्ष कार्य सम्पादन समितिको आयोजनामा शनिबार पर्यटन ब्यवसायी, जनप्रतिनिधी, महानगरपालिकाका प्रतिनिधी, उद्योगी ब्यवसायी र सञ्चारकर्मीहरुको टोलीले फर्से–नयाँपुल खण्डमा पहिलो पटक ¥याफटिङ गरेका हुन् ।

¥यापिड रनर कम्पनीको ब्यवस्थापनमा भएको ¥याफटिङमा ३८ जनाको सहभागिता थियो । पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराइले पोखरामा पर्यटकको बसाई लम्बाउनका लागि आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर कालीगण्डकीमा ¥याफटिङ सञ्चालन गरिएको बताउनुभयो ।
“पोखरा देखि दुई घण्टाको सवारी साधनको यात्रा पछि पुगिने फर्से–नयाँपुल खण्डमा ¥याफटिङ गर्न आउने पर्यटकहरु कुश्मा, बागलुङ, बेनी, गलेश्वर पनि घुम्न पाउँछन,” उहाँले भन्नुभयो “नेचर, कल्चर र एडभेञ्चरको संगम पोखरामा आउने पर्यटकका लागि कालीगण्डकीको जलयात्रा थप आकर्षण बन्न सक्छ ।”
फर्से देखि नयाँपुल सम्म करिब १० किलोमिटर दुरीमा ¥याफटिङ गर्न एक घण्टा ३० मिनेट लाग्छ । पोखरा भ्रमण वर्षलाई लक्षित गरेर यसअघि समितिले मस्याङ्दी र सेती नदीमा पनि ¥याफटिङको प्रर्वद्धन गरेको थियो ।

एक पटकमा एक वटा बोटमा आठ जनाले ¥याफटिङ गर्न सक्ने ¥यापिड रनरका सञ्चालक बिरेन्द्र लामाले बताउनुभयो । “पर्यटकको संख्या र सुविधा अनुसार शूल्क लिइनेछ,” उहाँले भन्नुभयो “पहिलो चरणमा पोखरामा बुक गर्ने र ¥याफटिङका लागि कालीगण्डकीमा आउने ब्यवस्था मिलाएका छौ ।”
विदेशी पर्यटकहरुका लागि नयाँपुल देखि गुल्मीको रिडीसम्म तीन दिनको ¥याफटिङ प्याकेज रहेको छ । कात्तिक र चैत महिना ¥याफटिङका लागि याम मानिन्छ । कालीगण्डकी नदीको जलयात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीको अवलोकन गर्न पाउँदा रोमाञ्चक महशुस भएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताउनुभयो ।
पोखरा महानगरपालिका–१७ का वडा अध्यक्ष राधिका कुमारी शाहीले पोखरालाई केन्द्र मानेर सञ्चालन गरिएको कालीगण्डकीको ¥याफटिङले पर्यटन प्रर्वद्धनका लागि आयाम थप्ने विश्वास गर्नुभयो ।
पोखरा महानगरपालिकाको आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले शाहासिक पर्यटनका रुपमा रहेको ¥याफटिङको सम्भाव्यता अध्ययन र समस्या पहिचान गरि भावी योजना तय गर्न कार्यक्रमले सहयोग मिलेको बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा वरपरका क्षेत्रमा प्राकृतिक सम्पदा र सम्भावनाको पहिचान गर्ने क्रममा कालीगण्डकीको ¥याफटिङको विकासमा जोड दिइएको बताउनुभयो ।
¥याफटिङ गाइड इश्वर गुरुङले स्वदेशी पर्यटकहरुको चाहना अनुसार छोटो दुरी र समयको लागि ¥याफटिङ गर्ने क्षेत्र पहिचान गरिएको र पर्यटकीय गतिबिधीको माध्यमबाट रोजगारी सिर्जना हुने बताउनुभयो ।
¥याफटिङ पेशा र ब्यवसाय जोगाउनका लागि नदीजन्य बस्तुको जथाभावी उत्खनन् रोकिनुपर्ने बताउनुभयो । ¥याफटिङ हुने ठाउँमा नदीनै सुकाएर जलविद्युत आयोजना बनाउन नहुने गाइड गुरुङको भनाई छ ।

