मृगौलापिडित सन्तोषकुमार पुर्जाद्धारा जिवनरक्षाको याचना

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदी बाँसबोटका मृगौलापिडित सन्तोषकुमार पुर्जाले जिवनरक्षाको याचना गर्नुभएको छ ।

४० वर्षीय पुर्जाको दुई वटै मृगौलामा समस्या देखिएपछि एक महिनादेखि डायलाइसीस गराइरहनुभएको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि उहाँले सहयोगको लागि अपिल गर्नुभएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

गत फागुनको १२ गते पोखराको मणिपाल शिक्षण अस्पतालमा परिक्षण गराउदा उहाँको मृगौला फेल भएको पुष्टि भएको थियो । पोखराको आस्था अस्पतालमा दुई पटक डायलाइसीस गराएका उहाँले सोमबारदेखि कुश्माको प्रदेश अस्पतालमा डायलाइसीसको पालो पाउनुभएको छ ।
बेनीमा डायसाइसीसको पालो नपाएपछि कुश्मा जानुपरेको हो । डायलाइसीस, औषधी र मृगौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएको पुर्जाले बताउनुभयो । पुर्जाका बुवा र आमा बाँसबोटमा खेती किसानी र पशुपालन गरेर जिविकोपार्जन गर्दै आउनुभएको छ ।

Shreekrishna

परिवारको कमजोर आर्थिक अवस्थाका कारण पुर्जा किशोर अवस्थामै रोजगारीको लागि भारतमा काम गर्न जानुभएको थियो । बेनीको एक होटलमा तीन÷चार वर्ष कुकको काम गरेका पुर्जा पछिल्लो समय पुन भारत जानुभएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि नेपाल आएर परिक्षण गराउदा मृगौला फेल भएको देखिएको हो । पुर्जाका श्रीमति, एक छोरा र एक छोरी छन् । उनिहरु बेनीमा बस्दै आएका छन् । उपचारका लागि सहयोग गर्न इच्छुकले पुर्जालाई ९७४५९८९८०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...