वेष्ट पोइन्टमा कुमारी बैंकको वित्तीय साक्षरता कार्यक्रम

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । कुमारी बैंक लिमिटेड बेनी र बागलुङ शाखा कार्यालयको आयोजनामा आइतबार बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा वित्तीय साक्षरता र सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वित्तीय हप्ताह २०२६ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययन गर्ने करिब दुई सय जना विद्यार्थी र शिक्षकहरुको सहभागिता थियो । ‘स्मार्ट मनि टक्स’ भन्ने मुल नाराका साथ हरेक वर्ष मार्च १६ देखी मार्च २२ सम्म विभिन्न वैंक वित्तीय संस्थाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम संचालन हुने गरेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कार्यक्रमले सहभागीहरुलाई पैसाको महत्व, बचत, खर्च र आम्दानीलाई बुद्दिमतापूर्ण ढंगबाट कसरी परिचालन गर्ने, सहि योजना निर्माण कसरी गर्न सकिन्छ, भन्ने बारेमा जानकारी प्रदान गरिएको थियो । साथै डिजिटल वैंकिङ सेवाहरुको प्रयोग र सो प्रयोग गर्दा हुन सक्ने जोखिमको बारेमा समेत साक्षत्कार गरिएको थियो ।

Shreekrishna

प्रतिमा श्रेष्ठले सहिजकरण, कुमारी बैंकका बागलुङ शाखाका प्रबन्धक नारायण थापा, असिम ढकाल र बेनी शाखाका शाखा प्रबन्धक मिलनकुमार श्रेष्ठले सहजिकरण गर्नुभएको कार्यक्रमको समापन वेष्ट पोइन्टका दश जोड दुई कोअर्डीनेटर कृष्ण जिसीले गर्नुभएको थियो ।

उक्त कार्यक्रमबाट सहभागीहरुले अर्थको सहि उपार्जन मार्फत आफ्नो जिवनमा सकरात्मक प्रभाव पार्ने र डिजिटल वैंकिङ सेवाहरुको सुरक्षित प्रयोगबाट विभिन्न वित्तीय अपराधहरु कम गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...