
बेनी । बेनीमा आगामी २०८३ जेठ पहिलो साता प्रथम म्याग्दी कबड्डी प्रतियोगिता हुने भएको छ ।
म्याग्दी जिल्ला कवड्डी संघको आयोजना र म्याग्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सहआयोजनामा जेठ १ र २ गते प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगिताको विभिन्न उपसमितिहरु बनाएर तयारी थालिएको म्याग्दी जिल्ला कवड्डी संघका अध्यक्ष आशिष पुनले बताउनुभयो । प्रतियोगिता अन्तर माध्यमिक विद्यालय र क्याम्पसमा पढ्ने २० वर्ष भन्दा कम उमेरका छात्रा छात्राहरुबीच हुनेछ् ।
प्रतियोगितामा बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित रु. २५ हजार र १५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

