म्याग्दीका दुई वटा सडक योजनाको बहुबर्षीय ठेक्का आव्हान

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः पूर्वाधार विकास कार्यालय, म्याग्दीले बिहिबार जिल्लाका दुई वटा सडक स्तरोन्नतिका लागि बहुबर्षीय ठेक्का आव्हान गरेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा हरेक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको सिफारिसमा रु. पाँच करोड बजेट सम्मका एक÷एक वटा सडक पूर्वाधारका योजनालाई बहुबर्षीय ठेक्का लगाउने नीति लिएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

जस अनुसार म्याग्दी १(क) बाट निर्वाचित प्रदेशसभा सदस्य माननीय हरि भण्डारीको सिफारिसमा रघुगंगा गाउँपालिकाको जैसीखोर–खहरेखोला–रिसिनचौतारी–बैसरी र १(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य माननीय रेशम बहादुर जुग्जाली (सुविन)को सिफारिसमा बिम–मराङ–मल्कवाङ–पाखापानी सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान भएको हो ।

Shreekrishna

म्याग्दीका छ वटा मध्य पाँच वटा स्थानीय तह जोड्ने राहुघाट–म्याग्दी चक्रपथ योजनाको अवधारणा अनुसार बिम–मराङ–मल्कवाङ–पाखापानी सडक योजना अघि बढाइएको हो । योजना मार्फत सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ग्रेड सुधार र अप्ठ्यारो ठाउँमा ढलान गरिने भएको छ ।

चालु आर्थिक वर्षमा रु. एक÷एक करोड बजेट बिनियोजन भएको यी आयोजनाहरुका लागि प्रदेश सरकारले रु. पाँच करोड स्रोत सुनिश्चितता गरेको छ । यसैगरी म्याग्दीको रणनीतिक महत्वको बेनी–दरवाङ सडकको फापरखेतको पहिरोको विकल्पमा पखेर–सिम जोड्ने बेलिब्रिज निर्माणका लागि बहुबर्षीय ठेक्का लगाउने स्रोत सुनिश्चितता भएको छ । पूर्वाधार विकास कार्यालयले फापरखेत पहिरोको विकल्पमा बेलिब्रिज बनाउन केही दिनमै ठेक्का आव्हानको तयारी गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...