म्याग्दीमा आर्थिक गणना कार्यालय स्थापना

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी। म्याग्दीमा आर्थिक गणना कार्यालय स्थापना भएको छ । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म हुने गणनाका लागि सदरमुकाम बेनीको हाँडेभिर स्थित जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको भवनमा कार्यालय स्थापना गरिएको हो ।
कार्यालयमार्फत चैत महिनाभर गणनाको आवश्यक तयारी गरिने आर्थिक गणना अधिकारी घनश्याम सापकोटाले जानकारी दिनुभयो । चैत मसान्तसम्म गणकको नियुक्ति, गणकहरूलाई तालिम प्रदान र पालिका तहमा सरोकारवालाबीच छलफल सकेर गणना सुरु गरिने उहाँले बताउनुभयो ।
म्याग्दीमा आर्थिक गणना सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति गठन गरिएको छ । पालिका तहमा स्थानीय तह समन्वय समिति र वडास्तरमा वडास्तरीय सहजीकरण समिति पनि गठन गरिने उहाँले बताउनुभयो ।
‘समग्र अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित चालु आर्थिक वर्षभित्र सम्पन्न हुने गरी देशैभर दोस्रो पटक आर्थिक गणना गर्न लागिएको हो । विसं २०७५ को वैशाखमा पहिलो पटक आर्थिक गणना भएको थियो ।
यस गणनाका दौरानमा म्याग्दीका जिल्लाका १८ वटा आर्थिक क्षेत्रका आधारभूत विवरण सङ्कलन गरिने भएको छ । जसमा देशैभर रहेका दर्ता भए, नभएका ठुला साना, व्यापारिक प्रतिष्ठान, उद्योग, कलकारखाना, होटललगायत रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिने गणना अधिकारी सापकोटाले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...