पुनमगर समाज रघुगंगाको अधिवेशन सम्पन्न

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । नेपाल पुनमगर समाज रघुगंगाको प्रथम पालिका अधिवेशन बुधबार दर्मीजामा सम्पन्न भएको छ ।

समाजको अधिवेशनले टिका पुर्जा पुनमगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा चेतन गर्बुजा पुनमगर, सचिवमा बिनु पुन राम्जाली, सहसचिवमा दिवा शेर्पुन्जा पुनमगर र कोषाध्यक्षमा रेश्मी पुन फगामी चयन हुनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

मोहन गर्बुजा पुन, एकेन्द्र थजाली, अंकित पुन, सनकुमारी पुन, करुण गर्बुजा पुन, शिक पाइजा पुन, विनिता पुन सदस्यमा चयन हुनुभएको छ । एक जना सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने जनाइएको छ ।

Shreekrishna

अधिवेशनको उद्घाटन गर्नुहुदै नेपाल पुन मगर समाजका केन्द्रिय अध्यक्ष खेमबहादुर गर्बुजा पुन मगरले मगर जातीको एकतामा जोड दिनुभयो । सबै मगरहरु एक हुन आग्रह गर्दै उहाँले मगर समुदायमा विभाजन ल्याउन नहुने बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुनमगर समाज बेलायतका संस्थापक अध्यक्ष बिल पुर्जा पुन र एनआरएनए बेलायतका पुर्व अध्यक्ष योगकुमार फगामी लगायतले मन्तबय व्यक्त गर्नुभएको थियो । अधिवेशनको अवसरमा पुख्यौली लगायत मौलिक गित र नृत्य प्रस्तुत गरिएको थियो । सांस्कृतिक झाँकी प्रर्दशन भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...