
दाना । नेपाल पुन मगर समाज अन्नपूर्णको अध्यक्षमा नारच्याङका टकबहादुर पहरे पुन चयन हुनुभएको छ ।
अन्नपूर्ण गाउँपालिका–३ दानामा आइतबार सम्पन्न समाजको पहिलो अधिवेशनबाट टकबहादुरको अध्यक्षतामा सर्बसम्मत १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा बोमाया गर्बुजा पुन मगर, सचिबमा सुकबहादुर गर्बुजा पुन मगर, सहसचिबमा गंगा बहादुर पुन मगर र कोषाध्यक्षमा गेममाया पुन मगर चयन हुनुभएको छ ।

समितिको सदस्यहरुमा प्रेमबहादुर रञ्तिजा पुन मगर, फुल बहादुर गर्बुजा पुन मगर, पुर्ण बहादुर बुढाथोकी पुन मगर, माया कुमारी पुन मगर, टकमाया पुर्जा पुन मगर, हिरादेवी पुर्जा पुन मगर चयन हुनुभएको छ ।
दुई सदस्य समितिको पहिलो बैठकबाट मनोनित गरिने जनाइएको छ । अधिवेशनको शनिवार नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र मगर र नेपाल पुन मगर समाजका केन्द्रिय अध्यक्ष खमबहादुर गर्बुजा पुन मगरले उद्घाटन गर्नुभएको थियो । अधिवेशनको अवसरमा पुन मगर समाजका कलाकारहरुको मौलिक गित र नृत्य प्रस्तुत गर्नुभएको थियो ।

