मंगलामा एसइई परिक्षा लक्षित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । मंगला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बुधबार बाबियाचौरमा एस.इ.इ. परिक्षार्थी लक्षित विषयगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
एसइई परिक्षाको नतिजा स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन प्रणालीसँग समेत जोडिएको सन्दर्भमा विद्यार्थीहरुको शिक्षण–सिकाईमा पृष्ठपोषण प्रदान र्गै समग्र एसइइ नतिजामा सुधार ल्याउने, विद्यार्थीहरुबीच तयारीको अवस्था बुझ्ने र असल अभ्यासहरुको आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

म्ांगलामा आठ वटा सामुदायिक र एक वटा संस्थागत गरि नौ वटा माध्यमिक विद्यालय रहेकोमा ८ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो । प्रतियोगिता प्रत्येक प्रश्नको उत्तर सबैले दिन पाउने तथा समान पहुँच र अवसर सुनिश्चित हुने ढाँचामा सञ्चालन गरिएको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रतियोगितामा मंगला मा.वि. बाबियाचौर प्रथम, शिशूकल्याण मावि अर्जम दोस्रो, महेन्द्ररत्न मावि बरंजा तेस्रो र दिपशिखा मावि कुहुँ सान्तवता भएका थिए । पहिलो, दोस्रो, तेस्रो र सान्तवना हुने विद्यालयलाई प्रमाणपत्र सहित नगद रु. क्रमश १४ हजार, ११ हजार, सात हजार र चार हजार वितरण गरिएको थियो ।

Shreekrishna

मंगला गाउँपालिका २ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक धनबहादुर खाती क्षेत्री, शिक्षा अधिकृत कटुवाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । डनिङ आवासीय विद्यालय परिसरमा प्रतियोगिता सञ्चालन भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...