बेनीका किसानलाई माछाका भुरा वितरण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः बेनी नगरपालिकाले किसानहरुलाई निशूल्क रुपमा माछाका भुरा वितरण गरेको छ ।

बेनी नगरपालिकाको पशु सेवा शाखाले १२ हजार वटा ग्रास कार्प जातको माछाको भुरा किसानहरुलाई निशूल्क वितरण गरेको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

नगरपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु. एक लाख बजेटबाट भुरा खरिद गरेर ३५ जना किसानहरुलाई वितरण गरेको पशु चिकित्सक आषिश सापकोटाले बताउनुभयो ।

Shreekrishna

कृषकहरुबाट माग संकलन गरेर भुरा खरिद गरिएको थियो । पोखराबाट भुरा खरिद गरेर बेनीमा ल्याएर बितरण गरिएको हो ।

किसानहरुलाई माछापालनतर्फ आकर्षित गर्ने र माछाको आयात घटाउने उद्देश्यले भुरा वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख सुरत केसी र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले भुरा वितरण गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...