बेनीमा ‘स्वमसेवक ट्राफिक’

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः जिल्ला सदरमुकाम बेनीमा दुर्घटना न्युनीकरण र ट्राफिक नियम पालना गराउन मंगलबारदेखि ‘स्वमसेवक ट्राफिक’ परिचालन भएका छन् । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले विद्यार्थीलाई स्वयंसेवकको रूपमा खटाएर ट्राफिक नियमको पूर्णपालना गराउने अभियान थालेको हो ।
बजारबासी र यातायात ब्यवसायीहरुले एकतर्फी पार्कीङ र यातायात सञ्चालनको नियम उल्लङ्घन गर्न थालेपछि बेनीमा रहेको प्रकाश माविका विद्यार्थी, जिल्ला प्रहरी कार्यालय, ट्राफिक र बेनी नगरपालिकाको नगर प्रहरीको टोलीले दुई दिने संयुक्त अभियान शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, म्याग्दीका प्रमुख बिशाल परियारले जानकारी दिनुभयो ।
“विद्यार्थीको पढाइलाई असर नगर्ने गरी यो अभियानलाई अन्य विद्यालयहरुसँग पनि सहकार्य गरेर निरन्तरता दिनेछौ,” उहाँले भन्नुभयो “एकतर्फी पार्कीङको नियम लागू गराउन स्वमसेवक ट्राफिक परिचालन गर्नुपरेको हो ।” प्रकाश माविका २० जना विद्यार्थीहरुले बुधबार एक घण्टा बेनी बजारमा सबै टोलमा बसेर बजारबासी, पैदलयात्रु र ब्यापारीहरुलाई नियम पालनाका लागि अनुरोध गर्नेछन् ।
साँघुरो सडक रहेको बेनी बजारभित्र यातायातका साधन र पैदलयात्रीको आवत जावतलाई सहज र व्यवस्थित बनाई दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले वि.स. २०७८ देखि एकतर्फी यातायात सञ्चालन र वि.स. २०७७ मा एकतर्फी पार्कीङको नियम लागू भएको थियो जथाभावी पार्किङ र एकतर्फी यातायात सञ्चालनमा बेवस्ता हुँदा बजारभित्र सवारी साधन आवत जावत प्रभावित र दुर्घटनाका बढेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...