प्रतिनिधीसभा सदस्य निर्वाचन ः म्याग्दीमा उमेद्वारलाई भन्दा दललाई बढी मत

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः प्रतिनिधीसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ म्याग्दीका उमेद्वारहरुको तुलनामा समानुपातिकतर्फ राजनीतिक दलले धेरै मत पाएका छन् ।

प्रतिनिधीसभा सदस्यमा निर्वाचित स्वतन्त्र उमेद्वार महाविर पुनतर्फ मतदाता ‘स्विङ’ हुँदा दलका उमेद्वारहरु प्रत्यक्षमा झन रक्षात्मक अवस्थामा पुगेका हुन् ।

२२ हजार आठ सय ५० मत ल्याएर बिजयी भएका स्वतन्त्र उमेद्वार महाविरलाई सर्मथन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १९ हजार नौ सय ८७ मत पाएर जिल्लामा पहिलो भएको छ । उमेद्वारी कायमै रहेकाले प्रत्यक्षमा रास्वपाका उमेद्वार युवराज रोकाले एक हजार पाँच सय ३० मत पाउनुभएको छ ।

Shreekrishna

प्रत्यक्षमा ४७ हजार दुई सय ६१ मत खसेकामा तीन हजार एक सय ७६ मत बदर भएको छ । समानुपातिक तर्फ ४७ हजार दुई सय ६१ मत खसेकोमा ४५ हजार नौ सय छ मत सदर भएको जिल्ला निर्वाचन अधिकृत बिमल गौतमले बताउनुभयो ।
समानुपातिकमा नौ हजार चार सय ५७ मत पाएको नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठले सात हजार नौ सय १९ मत पाउनुभएको छ । एमालले समानुपातिकमा पाएको भन्दा उमेद्वार श्रेष्टले प्रत्यक्षमा एक हजार आठ सय ३८ कम मत पाउनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

समानुपातिकमा सात हजार पाँच सय ९४ मत पाएको नेपाली काँग्रेसका उमेद्वार कर्णबहादुर भण्डारी (के.बी)ले छ हजार आठ सय ८४ मत पाउनुभएको छ । काँग्रेसका उमेद्वार भण्डारीले पार्टीले भन्दा सात सय १० कम मत पाउनुभएको छ ।

समानुपातिकमा चार हजार एक सय ६२ मत पाएको नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले तीन हजार पाँच सय २९ मत पाउनुभयो । नेकपाले भन्दा उमेद्वार थापाले छ सय ३३ कम मत पाउनुभएको छ । नेकपाको चुनाव चिन्ह पाँचकुने तारासँग मिल्दो षडकोण चुनाव चिन्ह भएको राष्ट्रिय मुक्ति आन्दोलन अभियानले सात सय ६२ मत पाएको छ ।

समानुपातिकमा एक हजार सात सय १५ मत पाएको श्रम संस्कृति पार्टीका उमेद्वार बिनोद रानाले प्रत्यक्षमा एक सय २७ मत पाउनुभयो । आठ सय ४४ मत पाएको राप्रपाका उमेद्वार डम्मरबहादुर सुवेदीले दुई सय ५२ मत पाउनुभयो । एक सय ७७ मत पाएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उमेद्वार क्षेत्रबहादुर घिमिरे धु्रबले एक सय ८५ मत पाउनुभयो ।
२०७९ मा एमालेले १८ हजार दुई सय ७३, नेपाली काँग्रेसले १३ हजार छ सय ९३, तत्कालीन माओवादी केन्द्रले नौ हजार ७०, रास्वपाले तीन हजार पाँच सय ७९, राप्रपाले एक हजार दुई सय ५३ र एकिकृत समाजवादीले दुई सय ८५ प्राप्त गरेका थिए । रास्वपाको मत करिब पाँच गुणाले बढ्दा एमाले, काँग्रेस र नेकपाको मत आधाले घटेको छ ।

खसेको १० प्रतिशत भन्दा कम मत पाएका नौ जना उमेद्वारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा, राप्रपाका डम्मर सुवेदी, श्रम संस्कृतिका बिनोद राना, नेकपा (माओवादी)का क्षेत्रबहादुर घिमिरे (धु्रब), प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, राष्ट्रिय जनमोर्चाका छवी विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेशनका भिमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजाको जमानत जफत भएको हो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...