म्याग्दीमा चुनाव जितेलगत्तै किताब बेच्न पोखरा पुगे सांसद महाविर पुन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी। म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधीसभा सदस्य महाविर पुन चुनाव जिते लगत्तै किताब बिक्री गर्न पोखरा पुग्नुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

स्वतन्त्र उमेद्वार बनेर दोब्बर मतान्तर सहित सानदार जित हाँसिल गरेका महाविरले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुल लगायत ठाउँमा आफ्नो आत्मकथा बिक्री गर्नुभएको हो ।
अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रबिधी मन्त्रीबाट राजिनामा दिएर पुनले जन्मथलो म्याग्दीमा चुनाव लड्न आउनुभएको थियो । पोखरामा पुनसँग फोटो खिच्ने र हस्ताक्षर गरेर किताब किन्नेको भिड लागिरहेकको छ । पुनले बिरगञ्जको कृषि औजार कारखाना चलाउने भन्दै जेनजी आन्दोलन अघि पनि देशका विभिन्न ठाउँ पुगेर किताब बेच्ने गर्दै आउनुभएको थियो ।
२३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानान्यायाधिश सुशीला कार्की नेतृत्वको सरकारमा उहाँ करिब चार महिना शिक्षामन्त्री बिन्नुभयो । महावीरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको थियो । लोकप्रिय मतका साथ म्याग्दीमा चुनाव जितेलगत्तै समर्थकहरुलाई बिजयउत्सव मनाउने नाममा तडकभडक नगर्न अनुरोध गर्दै आफ्नै पुरानो दिनचर्यामा फर्कनुभएको हो ।
पुनले २२ हजार ८५० मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार नौ सय १० मत पाउनुभयो । नेपाली कांग्रेसका कर्णबहादर भण्डारीले ६ हजार ६७६ मत पाउनुभयो ।
चुनाव जितेर पोखरामा किताब बेचिरहेका महावीरको एक व्यक्तिसँग विवाद भइरहेको एउटा भिडियो समाजिक सञ्जालमा भाइरल बनेको छ । हस्ताक्षर गर्दै किताब बेचिरहेका महावीरलाई जनताले जिताएको किताब बेच्न हो भनेर ती व्यक्तिले प्रश्न गरेका छन् ।
जनताले प्रत्यक्ष मत दिएर जिताएको मान्छेको काम किताब बेच्ने नभएको बताउँदै ती व्यक्ति र महावीरबीच विवाद बढेको देखिन्छ । ‘तपाईंको काम यो होइन । कारखाना चलाउने मान्छे सांसद किन भएको त ? जनताले प्रत्यक्ष निर्वाचित गरेको मान्छेले किताब बेच्ने हो ?’ महावीरलाई उनले प्रश्न सोधेका छन, ‘तपाईंको काम यो होइन, जनताले कुन म्यान्डेड दिएका छन, त्यही गर्नु न ।’
जनताले कारखाना चलाउन म्यान्डेड दिएको महावीरले जवाफ फर्काए । उनलाई फेरि ती व्यक्तिले प्रश्न गर्छन, ‘कारखाना चलाउने मान्छे किन सांसद उठेको त ? पृथ्वीचोकमा महावीरसँग नोकझोंक चलेको थियो । धकेलिएको भन्दै केहीबेर भनाभन भएको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल छ ।
म्याग्दीका जनताले जिताएर नीति निर्माणको तहमा पठाएका सांसद महावीर फेरि किन किताब बेचिरहेका छन् त ? हामीले महावीरलाई प्रश्न गरेका थियौं । महावीरले आफ्नो फुर्सद भएर किताब बेचेको जवाफ दिएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...