
बेनी ः प्रतिनिधीसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उमेद्वार महाविर पुनले मतान्तरलाई फराकिलो बनाउदै लगेका छन् ।
धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको २३ वटा वडामा खसेको २४ हजार नौ सय ३५ मत गणना गर्दा पुनले आठ हजार ६७ मतले अग्रता बनाएका हुन् ।

पुनले १२ हजार दुई सय २२ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले हालसम्म चार हजार एक सय ५५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिए ।

नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले दुई हजार सात सय ३२, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले दुई हजार छ सय ३५ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले आठ सय ५५ मत प्राप्त गरेका छन् ।
बेनी नगरपालिकाको छ, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको २२ वटा वडाको २२ हजार ६० मत गणना गर्न बाँकी छ । बिहिबार भएको मतदानमा म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो ।

