गुर्जा जोड्ने सडक निर्माण अन्तिम चरणमा

Gandaki Ghumau

गुर्जा ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ ।

लुलाङ–गुर्जा सडक योजना मार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्याक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्न लागिएको हो । यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र संघीय सरकारको लगानीमा लुलाङ देखि भैसीमाने सम्म करिब १८ किलोमिटर सडकको मार्ग खुलेको थियो ।

भैसीमाने देखि पाल्टनसम्म थप करिब तीन किलोमिटर सडकको मार्ग खुलेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो । “थप करिब दुई किलोमिटर मार्ग खुलेपछि गुर्जा सडक सञ्जालमा जोडिने भएको छ,” उहाँले भन्नुभयो “निर्माण कम्पनीको उपकरण (डोजर) बिग्रिएकाले केही ढिलाई भएको छ । सरासर काम हुने हो भने अब हप्ता दश दिनमा गुर्जामा बाटो पुग्छ । गाडी चढेर जान सकिन्छ ।”

Shreekrishna

चालु आर्थिक वर्षमा रु. एक करोड ७० लाख बजेट बिनियोजन गरेको योजना मार्फत छनौट भएको ठेकेदार कम्पनी लुलु कन्ट्रक्सनले गत पुष महिनामा रु. ८८ लाख ८५ हजारमा ठेक्का सम्झौता गरेको थियो । आर्थिक वर्ष २०७९÷०८० देखि शुरु भएको लुलाङ–गुर्जा धवलागिरी गाउँपालिकाको गौरवको प्राथमिकताप्राप्त योजना भएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

दुई वर्षअघि सम्म गुर्जादेखि लुलाङ पुग्न पुरै दिन भिर, जंगल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो । हाल गाडी पुग्ने पाल्टनदेखि २० मिनेट पैदलयात्रा गरेर गुर्जा पुगिने धवलागिरी गाउँपालिका–१ का वडा अध्यक्ष झक छन्त्यालले बताउनुभयो ।

Gunasthariya Shiksya

“गाउँ नजिकै सम्म बाटो र गाडी आउँदा गुर्जाबासी खुसी र उत्साही भएका छौ,” उहाँले भन्नुभयो “गुर्जाबासीले सडक ल्याउन योजना बनाउँदा पत्याएका थिएनन् । गाउँ नजिकै गाडी आउन थालेपछि गुर्जाबासीमा उत्साह छाएको हो ।”

गाडी चल्न थालेपछि गुर्जाबाट दुई घण्टा तीस मिनेटमा गाउँपालिकाको केन्द्र मुना, पाँच घण्टामा बेनी र सात घण्टामा पोखरा पुग्न सकिने भएको छ । यसअघि गुर्जादेखि मुना पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीय गोर्खा छन्त्यालले बताउनुभयो । गाडी चल्न थालेपछि बिरामीलाई अस्पताल पु¥याउन, कृषि, पशुजन्य र जडिवुटी बजारीकरणमा सहज भएको छ । गुर्जामा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

मार्ग खुलेको सडकको ग्रेड, घुम्ती मिलाउन, साँघुरो ठाउँमा फाराकिलो पार्न, पक्की नाला बनाउन चालु आर्थिक वर्षमा संघीय सरकारको सहरी विकास मन्त्रालयबाट रु. तीन करोड र गण्डकी प्रदेश सरकारले रु. ५० लाख बिनियोजन गरेको छ ।

गुर्जा जोड्ने सडकमा पर्ने लमसुङ स्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण थालेको छ । काम्जाखोलामा बेलिब्रिज निर्माणका लागि गुर्जाबासीले चन्दा संकलन अभियान सञ्चालन गरेका छन् । दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज भएको छ ।

अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छ वटा स्थानीय तहका ४५ मध्य सडक यातायातको सुविधा नपुगेको एक मात्र वडा हो । एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरधुरी रहेको गुर्जाको जनसंख्या एक हजार पाँच सय पाँच जना छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...