महभिरमा वडा कार्यालय भवन निर्माण शुरु

Gandaki Ghumau

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माण शुरु भएको छ ।

रु. एक करोड आठ लाख आठ हजार नौ सय ९२ मा ठेक्का सम्झौता गरेको भण्डारी निर्माण सेवाले भवन निर्माणका लागि जग्गा ब्यवस्थापनको काम थालेको हो । गाउँपालिकाका सवइञ्जिनियर मोहम्मद करिमुल्लाह मियाँका अनुसार रु. एक करोड ४९ लाख ९१ हजार चार सय ९९ लागत अनुमान गरिएको योजनाको ठेक्का प्रक्रियामा १० वटा कम्पनीले प्रस्ताव गरेका थिए ।
सबै भन्दा कम रकम कबोलेको कम्पनीसँग ठेक्का सम्झौता भएको हो । चालु आर्थिक वर्ष भित्रनै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री दुई तले भवनमा दश वडा कोठा हुनेछन् ।

Gunasthariya Shiksya

भवनको बुधबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले शिलन्यास गर्नुभयो । उक्त भवन निर्माणका लागि स्थानीयबासीले चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकसँग जोडिएको पर्यटकीय स्थल महभिर झरना नजिकै रहेको रु. एक करोड भन्दा बढी मूल्य पर्ने चार रोपनी क्षेत्रफलको जग्गा निशूल्क उपलब्ध गराएका थिए ।
भक्तराज पुन, चतिमा गर्बुजा, भक्तबहादुर गर्बुजा, लोकबहादुर फगामी, लोकबहादुर पुन, भिममाया गर्बुजा, गौमाया गर्बुजा, सुनमति गर्बुजा, प्रितिम रन्तिजा, गौरी गर्बुजाले ११ कित्ता जग्गा निशूल्क उपलब्ध गराउनुभएको अन्नपूर्ण गाउँपालिका–७ का वडा अध्यक्ष मइलन गर्बुजा पुनले जानकारी दिनुभयो ।

Shreekrishna

अघिल्लो कार्यकालमा गाउँसभाले महभिरमा वडा केन्द्र कायम गर्ने निर्णय गरेको थियो । साविक हिस्तान गाविसको केन्द्र टिकोटमा थियो । संघीयतापछि पहिलो कार्यकालको सुरुदेखिनै हिस्तानको वडा कार्यालय महभिरमा भाडाको घरमा सञ्चालन हुदै आएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...