म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलुङ्गे पुल निर्माण धमाधम

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ काउसीबोट र वडा नं.–४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण शुरु भएको छ ।

संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौले म्याग्दी नदीमाथी तीन सय तीन मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो । डिभिजनसँग गत असारमा ठेक्का सम्झौता गरेको रामकृष्ण–सोमरस जेभीले पुलको संरचना निर्माणलाई तिब्रता दिएको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिनुभयो ।

गत असार महिनामा डिभिजन र निर्माण कम्पनीबीच रु. एक करोड ६४ लाख १५ हजार दुई सय ५४ मा ठेक्का सम्झौता भएको थियो । १८ महिनाको ठेक्का अवधी रहेपनि चालु आर्थिक वर्षभित्रनै पुल निर्माण सम्पन्न गरिने निर्माण कम्पनीका प्रतिनिधी प्रविन सापकोटाले बताउनुभयो ।
काउसीबोटतर्फको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । बाँसबोट तर्फ फाउण्डेशन खनेर जग्गा तयार पारिएको छ । संरचना तयार भएपछि लठ्ठा तान्ने र स्टिल डेग जडान गरिने निर्माण कम्पनीले जनाएको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पुल निर्माण भएपछि धवलागिरी गाउँपालिकाको हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम, काफलडाडाका बासिन्दा लाभान्वित हुने भएका छन् । धवलागिरी गाउँपालिका–७ का राजकुमार कोइरालाले पुलले आवत जावतको लागि यात्रा अवधी छोटिनुका साथै पर्यटकीय स्थलको रुपमा विकास हुने अपेक्षा गरिएको बताउनुभयो । एक घण्टाको यात्राअवधी पाँच मिनेटमा छोटिने उहाँले बताउनुभयो ।

बाँसबोटका किसानले उत्पादन गरेको केरा बजारीकरणमा सहज हुने बताइएको छ । धवलागिरी गाउँपालिकामा यसअघि गत बर्ष दुई वटा तीन सय मिटर भन्दा लामा झोलुङ्गे पुल निर्माण भएको थियो । धवलागिरी गाउँपालिका–६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा तीन सय ६५ मिटर र वडा नं.–३ फलियागाँउ र दर जोड्ने दरखोला माथी तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । हाल म्याग्दीमा तीन सय मिटर भन्दा लामा झोलुुङ्गे पुलको संख्या छ वटा रहेको छ ।

रघुगंगा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा तीन सय ६५ दशमलब ८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरी गाउँपालिका–६ रिख जोड्ने तीन सय ५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर र अन्नपूूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने तीन सय ४४ मिटर लामो पुुल निर्माण भइसकेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...