चौरासी वर्ष पुगेको अवसरमा विद्यालयलाई रु. पाँच लाख सहयोग

Gandaki Ghumau

बेनी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका एक परिवारले आफ्ना अभिभावक ८४ वर्ष पुगेको अवसरमा स्थानीय विद्यालयलाई रु. पाँच लाख सहयोग गरेका छन् ।

Gunasthariya Shiksya

रत्नेचौरका भिमबहादुर र भिमकुमारी थापा मगरको ८४ पुजाको अवसरमा बिहिबार उक्त रकम विद्यालयमा हस्तान्तरण गरेका हुन् । थापा दम्पत्तीका छोरीहरु लक्ष्मी थापामगर, कमलकुमारी थापामगर, सुनिता थापामगर, सबिना थापामगर, हरिकुमारी थापामगर र सरिता थापामगरले रु. पाँच लाख हस्तान्तरण गर्नुभएको विद्यालयका प्रअ बिनोद थापाले बताउनुभयो ।
थापा दिदिबहिनीहरुले स्थापना गरेको भिमबहादुर÷भिमकुमारी अक्षयकोषको ब्याज विद्यालयको शैक्षिक तथा भौतिक विकासमा परिचालन गरिने भएको छ । बेनी नगरपालिका–१ का वडा अध्यक्ष टेकबहादुर थापा र रत्नेचौरका बासिन्दा समेत रहेका जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख दलबहादुर थापाको उपस्थितिमा रकम हस्तान्तरण गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...