दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

मालिका गाउँपालिकाको आर्थिक सहयोगमा सिसिटिभी क्यामेरा खरिद गरेर दरवाङ बजारको विभिन्न ठाउँमा जडान गरिएको हो । दरवाङ बजारको मुख्य सात ठाउँमा जडान गरिएको सिसिटिभी क्यामेराका निगरानी गर्ने जिम्मेवारी इलाका प्रहरी कार्यालय दरवाङलाई दिइएको छ ।
वडा अध्यक्ष पथबहादुर रोकाका अनुसार सिसिटिभी क्यामेरा जडान गर्न वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. चार लाख बिनियोजन गरेको थियो । सिसिटिभी क्यामेराले दरवाङ बजारको शान्ति सुरक्षा ब्यवस्थापन, चोरी लगायत अपराध नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...