म्याग्दीको पश्चिमी क्षेत्रमा मध्य पहाडी लोकमार्गको बैकिल्पक सडक बनाउने र हिमाली जिल्ला कार्यान्वयन गर्ने प्रचण्डको प्रतिवद्धता

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले म्याग्दीको बेनी देखि ढोरपाटन हुदै रुकुम जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको बैकल्पिक सडक बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै छ वर्षअघि हिमाली जिल्लामा सूचिकृत म्याग्दीमा हिमाली जिल्ला अनुसारको सेवा सुविधा कार्यान्वयनमा पनि ल्याउने प्रतिवद्धता जनाउनुभयो ।

“बेनी देखि दरवाङ–ताकम–मुना–जलजला–ढोरपाटन हुदै रुकुम जोड्ने सडक मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ६५–७० किलोमिटर छोटो पर्ने भएकाले पुर्वी रुकुमको उमेद्वार भएको नाताले पनि यसमा मेरो प्राथमिकता हुनेछ,” उहाँले भन्नुभयो “छ वर्षअघि हिमाली जिल्लामा सूचिकृत भएको म्याग्दीमा हिमाली जिल्लाको मापदण्ड लागू गराउन मेरो पहल रहने विश्वास दिलाउन चाहान्छु ।”

Shreekrishna

म्याग्दीको समग्र विकास, तातोपानी कुण्डहरुलाई ब्यवस्थित बनाउने, जडिवुटी, पर्यटन, कृषिको क्षेत्रमा आफ्नो ध्यान गएको प्रचण्डले बताउनुभयो । असहज परिस्थितिमा बडो असाधारण सन्दर्भमा नेपालमा निर्वाचन हुन लागेको बताउदै प्रचण्डले आसन्न निर्वाचनलाई सामान्य नसोच्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

राजनितिक स्थिायित्व, शुसासन, सामाजिक न्याय, विकास र रोजगारीको मुद्दालाई नेकपाले प्राथमिकता दिएको बताउदै पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यसपाली चुनाव अघि कुनै पनि राजनीतिक दलहरुसँग तालमेल र सहकार्य नहुनेमा स्पष्ट रहन आग्रह गर्नुभयो ।

“विभिन्न प्रशंगमा प्रतिस्पर्धी दलका नेतासँग भएको भेटघाटलाई लिएर पार्टी पंतिमा तरंग र अन्यौलता सिर्जना नहोस,” उहाँले भन्नुभयो “यसपालीको चुनावमा हाम्रो आफ्नै तागतमा लडेर सकारात्मक परिणाम निकाल्न मेहनत गरिरहेका छौ ।” देशलाई सहि नेतृत्व गरेर राजनीतिक निकास दिने, स्थिरता र जनचाहना अनुसार शुसासन तथा विकासमा जोड दिने प्रचण्डले बताउनुभयो ।

“यो चुनावका लागि नेकपाले सबै हिसाबले पहिलो पार्टी भएको छ । पार्टी नयाँ बनाउने, चुनाव चिन्ह नयाँ पहिलो र घोषणापत्र सार्वजनिक गर्ने प्रमुख पार्टी मध्य हामी पहिलो भएका छौ,’ उहाँले भन्नुभयो “उत्पादन वृद्धि र रोजगारी सृष्टिलाई केन्द्रमा राखेर हामीले ल्याएको घोषणापत्रको गहिरो ढंगले अध्ययन गरेर जनतालाई बुझाउनुहोला ।”

असल राजनीतिक संस्कार प्रर्दशन गर्दै सबैलाई समदुरी तथा सन्तुलतमा राखेर अगाडी बढ्ने नेकपाको नीति रहेको बताउदै आसन्न चुनावमा ठूला सभा र औपचारिक कार्यक्रममा भन्दा बढी मतदातासँग भेटघाट र सामाजिक सञ्जालको प्रयोगमा जोड दिने प्रचण्डले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


प्रचण्डले यसपटक कांग्रेस र एमालेसँग समीकरण नगर्दा सिङ्गो पार्टीपंक्तिमा उत्साह छाएको महशुस गरेको सुनाउनुभयो । “कांग्रेस एमालेसँग मिल्ने गल्ती नगर्दा ७७ जिल्लामा नै पार्टीका नेताहरू खुसी र उत्साही भएर सक्रीयताका साथ जनतामाझ पुग्ने, उनिहरुका गुनासा, सुझाव सुन्ने, कमजोरी स्विकार्ने र गल्ती नदोहो¥याउने प्रतिवद्धता गर्ने वातावरण मिलेको छ,” उहाँले भन्नुभयो “तपाईँहरू पनि यहाँ खुसी नै भएको देखेँ मैले । केमा खुसी ? भने पार्टीले अहिले कांग्रेससँग र एमालेसँग समीकरण गरेन, आफ्नै खुट्टामा एक्लै चुनाव लड्ने भनेर आँट ग¥यो भन्नेमा । समाजिक सञ्जालमा मिल्न लाग्यो रे भन्ने आउँछ, तपाईँहरू झसङ्ग हुनुहुन्छ होला हैन नेतृत्वले फेरि खुट्टा छोड्छ कि क्या हो ? भनेर’ म दृढताका साथ भन्न चाहन्छु हामी कसैसँग पनि यो पटक समीकरण गर्ने वाला छैनौँ, गर्दैनौँ ।”


नेपाली काँग्रेस र एमालेको महाधिवेशनले निम्ताएको अन्तरबिरोध, नेकपासँग २६ वटा वाम घटकहरुको एकता, नयाँ राजनीतिक दलहरुप्रति जनताले विश्वास गरिसक्ने अवस्था नभएकाले त्यसको फाइदा नेकपालाई पुग्ने र कार्यकर्ताहरुले अझै तीन हप्ता मेहनत गरेमा पहिलो दल बन्ने उद्घोष गर्नुभयो ।
“कुनै एउटा पक्षसँग दुस्मनी र अरूसँग मात्रै मित्रता भन्ने तरिका नअपनाईकन राष्ट्रको पक्षमा, जनताको पक्षमा, समृद्धिको पक्षमा, भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा खडा हुन सक्ने चाहे कांग्रेसभित्र हुन, चाहे एमालेभित्र हुन, उनीहरूसँग सहकार्य पनि गरिराख्ने, तर अहिले समीकरण चाहिँ गर्दैनौ,” उहाँले भन्नुभयो “यो चुनाव एक्लै लड्ने हामीले नीति लिएका छौँ ।”


राष्ट्रलाई एकताबद्ध गर्ने र राष्ट्रलाई अर्को दुर्घटनामा पर्नबाट जोगाउने मुख्य जिम्मेवारी नेकपाकै भएको प्रचण्डको दावी छ । म्याग्दीको छिमेकी पुर्वी रुकुमबाट उमेद्वार बनेका प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमा जाने क्रममा पोखरा हुदै कार्यकर्ताहरुलाई प्रशिक्षण दिन बेनी आउनुभएको हो । पोखरा र कुश्मामा पनि कार्यकर्तालाई प्रशिक्षण दिएर नेता पम्फा भुषाल, दिनानाथ शर्मा, श्रीनाथ बराल सहित बेनी आएका प्रचण्डले बेनीको कार्यक्रम सकेर बागलुङ जानुभयो ।

म्याग्दीमा नेकपाबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार अर्जुन थापाले भौतिक पूर्वाधारको जगमा म्याग्दीलाई कृषि, पर्यटन र जलविद्युत क्षेत्रको सम्भावना मार्फत विकसित र सम्बृद्ध बनाउने योजना रहेको बताउनुभयो ।

“केन्द्रिय राजनीतिमा म्याग्दीको पहुँच बढाउने, नीति, नियम, बजेट र योजनामा म्याग्देलीको भावना, माग र आवश्यकतालाई सम्बोधन गराउन म उमेद्वार बनेर आएको छु,” उहाँले भन्नुभयो “पूर्वाधार, जलविद्युत, पर्यटन र कृषि मार्फत म्याग्दीलाई सम्बृद्ध र विकसित बनाउने हाम्रो योजना छ ।”

नेकपाका नेता गोविन्द पौडेलले म्याग्दीका छ वटै स्थानीय तह र ४५ वटै वडा तहमा घरदैलो गरेर चुनाव प्रचारमा जुटेको जानकारी दिनुभयो । उहाँले म्याग्दीका विकासका मुद्दामा संयोजक प्रचण्डको ध्यानाकर्षण गराउनुभएको थियो ।
“म्याग्दीमा राजनीतिक रुपमा नेकपा, एमाले र काँग्रेसनै मुख्य प्रतिस्पर्धी भएपनि राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा चासो देखाइएको तथा सामाजिक सञ्जालमा चर्चामा ल्याइएका महाविर पुनलाई पनि प्रतिस्पर्धीका रुपमा नकार्न नसकिने अवस्था आएको छ,” पौडेलले भन्नुभयो “महाविरका कारण एमाले, काँग्रेसलाई बढी क्षति पुग्दा फाइदा हामीलाई हुने भएकाले सबै नेता कार्यकर्ता सक्रिय र सचेत भएर खटिन आग्रह गर्दछु ।”

नेकपा म्याग्दीका संयोजक सेरबहादुर केसीको अध्यक्षता र नेता कुशल पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...