म्याग्दीको दोवामा दुई वटा दलका उमेद्वारले एउटै मञ्चबाट भोट मागे

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

सन्तोष गौतम
बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा मंगलबार दुई फरक÷फरक राजनीतिक दलका उमेद्वारहरुले एउटै मञ्चबाट स्थानीयसँग भोट मागेका छन् ।

नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे (विप्लप) ले मतदाता भेटघाट र आफ्ना बिचार व्यक्त गर्न एउटै मञ्च प्रयोग गरेका हुन् ।

वडा कार्यालय र स्थानीय आमा समूहले दुवै जना उमेद्वारहरुलाई आफ्नो गाउँमा स्वागत गरेर एउटै मञ्चबाट आफ्ना योजना र बिचार सुनाउने ब्यवस्था मिलाएका कार्यक्रममा सहभागी नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताए ।

Shreekrishna

‘दुवै उमेद्वारको मतदाता भेटघाट कार्यक्रम एकै ठाउँमा जुधेपछि स्थानीयको आग्रह अनुसार एउटै मञ्चबाट मत मागेर उच्च राजनीतिक संस्कार प्रस्तुत गरेका छौ,’ उनले भने ‘लोकतन्त्रको अभ्यास यसरी पनि गर्न सकिन्छ भन्ने सन्देश दिएका हौ ।’

वडा अध्यक्ष दिलिप गर्बुजा लगायत स्थानीयबासीले गुठीको जग्गा सम्बन्धी समस्या, दोवामा निर्माण भएको पाँच शैया क्षमताको अस्पताल भवन प्रयोगमा ल्याउने, छिमेकी वडा भुरुङ्ग–तातोपानीसँगको सिमाना बिवाद समाधान र भिरकाटे दोवा स्तरोन्नतिको माग गरेका थिए ।

उमेद्वारद्धय श्रेष्ठ र घिमिरले समसामयिक राजनीतिक विषय, आफ्ना योजना र प्रतिवद्धता व्यक्त गरेका थिए । संयुक्त रुपमा कार्यक्रम गर्दा स्थानीयबासी र उमेद्वारहरुको समयको बचत भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

यसअघि गत हप्ता घरदैलोका क्रममा बेनी नगरपालिका –१ रत्नेचोरमा भेट भएका नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.) र स्वतन्त्र उमेद्वार डा. महाविर पुनले एक अर्कालाई शुभकामना दिएका थिए । आइतबार दरवाङमा भेट भएका काँग्रेसका भण्डारी र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले पनि एक अर्कालाई शुभकामना दिएका भिडियो सार्वजनिक भएको थियो ।

फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ११ जना राजनीतिक दल र एक जना स्वतन्त्र उमेद्वार प्रतिस्पर्धामा छन् । उमेद्वार र राजनीतिक दलको सौहार्दपूर्ण ब्यवहारले आम नागरिक तथा नेता कार्यकर्ताहरुमा सकारात्मक सन्देश प्रवाह गराएको छ । सबै उमेद्वारहरु मतदाता भेटघाट र कार्यकर्ता परिचालन गरेर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने प्रयासमा घरदैलामा व्यस्त छन् ।

नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेद्वार डा. महाविर पुन मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपा (माओवादी)ले दन्द्धकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पुर्व स्ववीयु सभापति क्षेत्रबहादुर घिमिरे (धु्रब) लाई उमेद्वार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उमेद्वार बन्नुभएको छ ।

प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र रहेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...