म्याग्दीमा माघ २७ देखि फागुन ५ गतेसम्म किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने अभियान

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, जिल्लाका नौ सय २३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ ।

म्याग्दीका ४५ वटा वडामा रहेका एक सय पाँच वटा विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई अभियानमार्फत खोप सञ्चालन गर्न लागिएको हो ।

यही माघ २७ देखि फागुन ५ गतेसम्म खोप अभियान सञ्चालन गरिने भएकाले खोप पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले आग्रह गर्नुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

उहाँका अनुसार जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई सम्बन्धित विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप लगाइने छ । यस अवधिमा गत वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि कक्षा १० सम्म अध्ययरत किशोरी तथा विद्यालय नजाने ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप दिइने ठकुराठीले बताउनुभयो ।

बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाम माघ २७, मंगला, मालिका र धवलागिरीमा माघ २८, र रघुगंगामा फागुन ४ र ५ गते अभियान सञ्चालन गर्ने कार्यतालिका बनाइएको छ । बेनीमा तीन सय ५१, मंगलामा एक सय १८, मालिकामा एक सय ८७, धवलागिरीमा एक सय ५७, रघुगंगामा एक सय एक र अन्नपूर्णमा ७४ जना छात्रालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
विद्यालय नजाने १० वर्षका छ जना र गत वर्ष छुटेका चार जनालाई खोप लगाउने लक्ष्य रहेको छ । अभियानका लागि एक सय सात स्वास्थ्यकर्मी र एक सय सात जना स्वंसेवक परिचालन गरिने कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...