ढोरपाटन जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने र धौलागिरिलाई अन्तराष्ट्रियकरण गर्ने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता

Gandaki Ghumau

ताकम। नेपाली कम्युनिष्ट पार्टीबाट म्याग्दीमा आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा उमेद्वार बन्नुभएका अर्जुन थापाले बेनी–ढोरपाटन जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने र ओझेलमा परेको धौलागिरि हिमालको सम्भावनालाई अन्तराष्ट्रियकरण गर्ने मुद्दालाई प्राथमिकता दिने बताउनुभएको छ ।

धवलागिरी गाउँपालिका–७ ताकममा बिहिबार आयोजित मतदाता भेटघाट कार्यक्रममा उमेद्वार थापाले बेनी देखि ताकम – मुना– जलजला हुदै ढोरपाटन जोडिएको सडकको स्तरोन्नति, ढोरपाटन देखि पुर्वी रुकुम जोड्ने सडकको मार्ग खुलाउने र संसारको सातौ अग्लो धौलागिरि हिमालको सम्भावनालाई अन्तराष्ट्रियकरण गरि पर्यटन विकासमा जोड दिने योजना अघि सारिएको बताउनुभयो ।

“बेनी–ढोरपाटन–पुर्वी रुकुम जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउन र धौलागिरिलाई अन्तराष्ट्रियकरण गर्न सकेमा म्याग्दीमा रोजगारी सिर्जनाका साथै आयआर्जनको प्रशस्त अवसर सिर्जना हुन्छ,” उहाँले भन्नुभयो “सडक पूर्वाधारको जगमा टेकेर म्याग्दीको समग्र बिकासमा जोड दिनका लागि हामीलाई जिताउन अनुरोध गर्दछु ।”

Shreekrishna
Gunasthariya Shiksya

बसाईसराईले रित्तिदै गएका गाउँबस्तिमा चहलपहल बढाउनका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको ब्यवस्था गर्ने नीति निर्माणमा जोड दिने थापाले प्रतिवद्धता जनाउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सांसद रेशम जुग्जालीले म्याग्दीको सन्तुलित विकासका लागि पिछडिएको धौलागिरिमा प्राथमिकताका साथ विकास आयोजनाहरु भित्र्याएको पार्टी र स्थानीय एकमात्र उमेद्वार भएका कारणले अर्जुन थापालाई जिताउन धौलागिरिबासी एकजुट हुन आग्रह गर्नुभयो ।

“ताकम सहित धौलागिरि र समग्र म्याग्दीका सन्तुलित विकास हुनुपर्छ भनेर योजनाहरुलाई यस क्षेत्रमा केन्द्रित गरेर हामीले लगाएको गुन तिर्न धौलागिरि बासीलाई उपयुक्त समय चुनाव हो,” उहाँले भन्नुभयो “विगतमा हामीले गरेका प्रतिवद्धताहरु पुरा गरेका कारणले पनि यसपाली हाम्रा उमेद्वारलाई भोट माग्ने अधिकार हामीसँग छ ।”

नेकपाका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले राष्ट्रियता, संविधान र ब्यवस्थालाई बचाएर देशलाई राजनीतिक निकास दिनका लागि नेकपाले परिपक्क र जिम्मेवार भूमिका निर्वाह गरेको बताउनुभयो । राजनीतिक स्थिरता, शुसासन, सामाजिक न्याय, विकास र सम्बृद्धीको मुद्दालाई सफल बनाउन नेकपाका उमेद्वारलाई जिताउन उहाँले आग्रह गर्नुभयो ।

ताकमका अगुवा खुमनाथ सुवेदी, ठाकुरप्रसाद पौडेल, भेषक पौडेलले इतिहाँसमा पहिलो पटक धौलागिरीले पाएको प्रतिनिधीसभा सदस्य बनाउने अवसरलाई सदुपयोगका लागि अनुरोध गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका धौलागिरी गाउँपालिका इञ्चार्ज तथा गाउँपालिका उपाध्यक्ष रेशम पुनमगर, गाउँपालिका कमिटिका अध्यक्ष रिमप्रकाश थापा, ताकमका वडा अध्यक्ष अशोक खत्री, नेकपाका नेता किरन थापाले अर्जुन थापालाई नेकपाको मात्र नभएर सिंगो धौलागिरिको साझा उमेद्वारका रुपमा लिन अनुरोध गर्नुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...