जनपक्षीय कानुन निर्माण, प्रशासनिक सुधार र विकासलाई आयआर्जनसँग जोड्ने एमाले म्याग्दीका उमेद्वार हरिकृष्ण श्रेष्ठको प्रतिवद्धता

Gandaki Ghumau

बेनी । प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपा एमालेको तर्फबाट उमेद्वार बन्नुभएका हरिकृष्ण श्रेष्ठले जनपक्षीय कानुन निर्माण, प्रशासनिक सुधार र विकासलाई आयआर्जन तथा रोजगारीसँग जोड्ने मुद्दामा प्राथमिकता दिने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल म्याग्दीले २८ औ स्थापना दिवसको अवसरमा बिहिबार बेनीमा आयोजना गरेको उमेद्वारसँग अन्तरक्रिया कार्यक्रममा उमेद्वार श्रेष्ठले जनताको पक्षमका कानुन निर्माण र संसोधनमा आफ्नो मुख्य भूमिका केन्द्रित हुने बताउनुभयो ।

विकास निर्माण र जनताको सेवा सुविधासँग जोडिएका विषयमा संसदमा आवाज उठाएर सम्बोधनका लागि पहल गर्ने उहाँले बताउनुभयो । “प्रशासनिक सुधार, सुशासन, विकास र आर्थिक मुद्दामा नेकपा एमालेले लिने नीति अनुसार मैले संसदमा भूमिका खेल्नेछु,” उहाँले भन्नुभयो “जनहितको पक्षमा सरकारलाई काम गर्ने वातावरण बनाउन दवाव सिर्जना गर्न मेरो भूमिका हुनेछ ।”

Shreekrishna
Gunasthariya Shiksya

नेपालको प्रमुख समस्याका रुपमा रहेको भ्रष्ट्राचारको अन्त्यका लागि प्रबिधीको प्रयोग मार्फत प्रशासनिक क्षेत्रलाई सुधार गर्न जोड दिने श्रेष्ठले बताउनुभयो । “प्रबिधीमा आधारित सेवाको विकास गराउन सकेमा जनताले घरबाटै सेवा लिने वातावरण बन्नेछ,” उहाँले भन्नुभयो “सेवाप्रदायक कार्यालयमा हुने ढिलासुस्ति, अनुचित लेनदेनको अन्त्य गरी शुसासन कायम गर्नु अबको प्रमुख दायित्व हो ।”

म्याग्दी हुदै कोरला नाका र ढोरपाटन जोड्ने सडकबाट म्याग्दीबासीले फाइदा लिने वातावरण बनाउने उहाँले बताउनुभयो । जलविद्युत आयोजनाहरुबाट म्याग्दी र जिल्लाबासीले अधिकतम् लाभ लिने वातावरण बनाउन भूमिका खेल्ने श्रेष्ठले बताउनुभयो । कृषि र नवप्रर्वद्धतमा आधारित उद्यम ब्यवसाय मार्फत रोजगारी सिर्जना गरि युवा शक्तिलाई विदेश पलायन हुनुपर्ने अवस्थाको अन्तय गर्न जोड दिने बताउनुभयो ।

धौलागिरि र अन्नपूर्ण हिमाललाई केन्द्रमा राखेर पर्यटनको विकास गरि होटल ब्यवसाय तथा रोजगारी सिर्जना तथा आयआर्जनको अवसर सिर्जना गराउन जोड दिने श्रेष्ठले बताउनुभयो । ब्यवसायिक फलफुल र तरकारी खेती मार्फत किसानहरुको जिवनस्तर सुधारका लागि पहल गर्ने श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा एमाले म्याग्दीका अध्यक्ष तथा निर्वाचन परिचालन समितिका अध्यक्ष बालकृष्ण सुवेदीले रघुगंगा र मंगला गाउँपालिकामा अनौपचारिक घरदैलो तथा मतदाता भेटघाट र कार्यकर्ता परिचालन भएको जानकारी दिदै अन्य पालिका, वडा र टोल स्तरमा चुनाव प्रचारमा केन्द्रित हुने बताउनुभयो । म्याग्दीलाई भ्रष्ट्राचारमुक्त जिल्ला बनाउने सुवेदीले घोषणा गर्नुभयो । म्याग्दीमा विकासको नेतृत्व एमालेले गरेको सुवेदीको भनाई थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...