नसर्ने रोगका बिरामी पहिचान गर्न टोल टोलमा पुगेर स्वास्थ्य परिक्षण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीमा नसर्ने रोगका बिरामीको पहिचान गर्न टोल टोलमा पुगेर स्वास्थ्य परिक्षण गर्ने अभियान सञ्चालन भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाहरुले समन्वय गरेर स्वास्थ्य परिक्षण अभियान शुरु गरेका हुन् । माघ महिनामा नसर्ने रोग पहिचान अभियान सञ्चालन गर्ने संघीय सरकारको कार्यक्रम अनुसार जिल्ला र पालिका स्तरमा स्वास्थ्य परिक्षण गर्न थालिएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रयोगशाला प्राविधिक तथा नसर्ने रोग सम्पर्क व्यक्ति मिनराज न्यौपानेले बेनी नगरपालिकामा माघ १५ गतेदेखि शुरु भएको अभियान रघुगङ्गा र धवलागिरी गाउँपालिकाले माघ २१ देखि सञ्चालनको तयारी गरेका जानकारी दिनुभयो ।

Shreekrishna

“यो अभियान मार्फत ३० वर्ष भन्दा बढी उमेर पुगेका हाल कुनै पनि रोगको औषधी सेवन नगरेकाहरुको सुगर (चिनी), रक्तचाप र मृगौलाको परिक्षण हुन्छ,” उहाँले भन्नुभयो “नसर्ने रोगका बिरामीको पहिचान गरि समयमै उपचारको पहुँचमा पु¥याउन अभियान सञ्चालन भएको हो ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाले पनि यही महिनाभित्र स्वास्थ्यकर्मी परिचालन गरेर नसर्ने रोगका बिरामी पहिचान अभियान सञ्चालन गर्ने तयारीमा रहेका न्यौपानेले बताउनुभयो । प्रदेश अस्पताल बेनीमा भने सुगर, रक्तचाप, मृगौला, मुटुको परिक्षणको सुविधा निशूल्क उपलब्ध गराइएको छ ।

टोलटोलमा जाने स्वास्थ्यकर्मीहरुले ‘किट’को प्रयोग गरेर परिक्षण गर्ने र समस्या देखिएकालाई थप उपचारका लागि अस्पताल जान सुझाउनेछन् । विश्वभर र नेपालमा ७० प्रतिशत मृत्युको कारण बनेको नसर्ने रोगको समयमै पहिचान र उपचार गर्न सकेमा क्षति रोकिने प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।

अस्वस्थकर खानपान, ध्रुमपान, मद्यपान, शारिरिक ब्यायामको कमीका कारण पछिल्लो समय उच्च रक्तचाप, मृगौला, मुटु लगायत नसर्ने रोगको सिर्जना हुने र मानिसको ज्यान जाने गरेको उहाँले बताउनुभयो ।

रघुगङ्गा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जयसवालले नसर्ने रोगको पहिचानका लागि माघ २१ देखि २३ गतेसम्म सञ्चालन गर्न लागिएको अभियानको तयारीका लागि आइतबार स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरिएको बताउनुभयो ।

आवश्यक स्वास्थ्य सामग्री र जनशक्ति ब्यवस्थापन गरिएको उहाँले बताउनुभयो । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नसर्ने रोग स्वास्थ्य क्षेत्रको प्रमुख चुनौतिका रुपमा देखिएको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...