छन्त्याल सर्वमान्य फाउडेशनको अध्यक्षमा दिपबहादुर छन्त्याल

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

१ करोड ५१ लाख कोष संकलन
बेनी । छन्त्याल सर्वमान्य फाउण्डेशनको सोमबार काठमाडौमा सम्पन्न १० औ वार्षिक साधारणसभाबाट दिपबहादुर छन्त्यालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।
छन्त्याल जातिको उत्पत्ति र इतिहासको खोजी तथा भाषा, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले जातिय उत्थान र पहिचानका अभियन्ता छन्त्याल समुदायका संस्थापक अध्यक्ष दिलबहादुर छन्त्यालको स्मृतिमा वि.स. २०७२ सालमा स्थापना भएको संस्थाले स्व. दिलबहादुरको १२ औ स्मृति दिवस पनि मनाएको छ ।
समितिको उपाध्यक्षमा मिमप्रसाद छन्त्याल (लाम्मेला), सचिवमाः देवमति छन्त्याल (निसी), कोषाध्यक्षमा ः थममाया छन्त्याल (खुंखानी), सहसचिवमा भ्रमबहादुर छन्त्याल (घोषाखानी), सदस्यहरुमा ः यामबहादुर छन्त्याल (नर्जाखानी), तारादेवी गौचन छन्त्याल (मंगलेखानी), लोकशंकर छन्त्याल (बोङ्गखानी) र नरकुमारी छन्त्याल (घैयाखानी) चयन हुनुभएको नेपाल छन्त्याल संघका पूर्वअध्यक्ष तथा निर्वाचन समितिका संयोजक इन्द्रजीत छन्त्यालले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


नेपाल छन्त्याल संघ केन्द्रिय समितिका अध्यक्ष हरिचन छन्त्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा छन्त्याल संघका पूर्वअध्यक्ष, संरक्षक मनिचन छन्त्याल, पूर्वअध्यक्ष इन्द्रजीत छन्त्याल, सल्लाहकार मिमप्रसाद छन्त्याल र बेलायत छन्त्याल संघका पूर्वअध्यक्ष हेमप्रसाद छन्त्यालले दिलबहादुर छन्त्यालको योगदान र महिमाको बारेमा चर्चा गर्नु भएको थियो ।
सोहि अवसरमा फाउण्डेशनका नवनिर्वाचित अध्यक्ष दिपबहादुर छन्त्यालले संस्था स्थापना देखि हालसम्म १० वर्षको अवधिमा देश विदेशमा रहनु हुने ८८ जना छन्त्याल दाजुभाइ तथा दिदीबहिनीहरुबाट न्युनतम रु. ११ हजार दुई सय ३२देखि अधिकतम रु. २० लाख गरी कुल ७९ लाख ५५ हजार आठ सय ३७ कोष संकलन भएको जानकारी दिनुभयो ।
आर्थिक सहयोग प्रदान गर्नुहुने सबै दाता लगायत यो कोष स्थापनामा प्रमुख भूमिका निर्वाह गर्नुहुने बेलायत छन्त्याल संघलाई हार्दिक आभार एवम धन्यवाद दिनुभयो । सो अवसरमा फाउण्डेशनको पछिल्लो आर्थिक विवरण अनुसार १० वर्षको अवधिमा विभिन्न बैंक तथा वित्तिय संस्थाबाट प्राप्त ब्याज रु सात लाख १० हजार आठ सय ७३ गरी संस्थाको कुल एक करोड ५१ लाख ३६ हजार सात सय १० संकलन भएको जानकारी दिनुभयो ।
त्यसैगरी स्थापनाकाल देखि हालसम्म विभिन्न शिर्षकमा कुल रु. १३ लाख ५४ हजार छ सय ४९ खर्च भएको जानकारी दिनुभएको थियो । छन्त्याल जातिको सर्वोपरि हित र उत्थानका लागि नेपाल छन्त्याल संघसंग सधै हातेमालो गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
छन्त्याल संघका महासचिव समप्रसाद छन्त्यालको संचालन तथा फाउण्डेशनका कोषाध्यक्ष थममाया छन्त्यालको स्वागत मन्तव्यबाट प्रारम्भ गरिएको सोे कार्यक्रममा फाउण्डेशनलाई आर्थिक सहयोग दिनुहुने आर्थिक दाताहरु तमबहादुर छन्त्याल (छापखानी, (रु. एक लाख पाँच हजार पाँच), तिलकुमारी छन्त्यालले रु. एक लाख पाँच हजार पाँच, तिलकुमारी छन्त्याल (लाम्मेलाखानी)ले रु. ५५ हजार पाँच सय ५५, लालबहादुर छन्त्याल (नर्जाखानी)ले रु. ३८ हजार आठ सय, लिलप्रसाद छन्तयाल (नर्जाखानी)ले रु. ३८ हजार आठ सय, तारादेवी गौचन छन्त्याल (मंगलेखानी)ले रु. २५ हजार , नरकुमारी छन्त्याल-घैयाखानी २५००० र लोकसंकर छन्त्याल (बोङखानी)लाई रु. २५ हजार सहयोग गर्नुभएकोमा कदरपत्रले सम्मान गरिएको थियो ।
त्यसैगरी नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिति लगायत छन्त्याल संघका अध्यक्ष हरिचन छन्त्याल र महासचिव समप्रसाद छन्त्यालबाट बधाई ज्ञापन गरिएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै छन्त्याल संघका अध्यक्ष हरिचन छन्त्यालले फाउडेशनसंग मिलेर उपलब्धिमुलक काम गर्ने विश्वास दिलाउनु हुँदै यो अभियान सफल बनाउन सबैले आ–आफनो क्षेत्रबाट सहयोग गर्न अपिल गर्नु भयो । कार्यक्रममा छन्त्याल सर्वमान्य फाउण्डेशन तथा नेपाल छन्त्याल संघका पदाधिकारी तथा सदस्यहरु लगायत भातृसंस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...