विदेशमा अलपत्र परेका पाखापानीका भुवन विकको उद्धार, काउलेगौडाका बिष्णे सार्कीको अवस्था अझै अज्ञात

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका म्याग्दीको रघुगंगा गाउँपालिका–६ फुलडाडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ ।

भुवनसँगै सर्बिया देखि इटली जाने क्रममा खोलामा दुङ्गा दुर्घटना हुँदा वेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौडाका बिष्णे सार्कीको अवस्था भने अझै अज्ञात रहेको छ ।

जिल्ला प्रशासन कार्यालय अन्तर्गतको आप्रवासी स्रोत केन्द्रको समन्वयमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय र जर्मनमा रहेको नेपाली राजदुतावासको समन्वयमा गत कात्तिक २५ गते ढुङ्गा दुर्घटना हुँदा घाइते र अलपत्र बनेका विकको उद्दार भएको हो । गत हप्ता जन्मथलो आइपुगेका बिकले नयाँ जिवन पाएको प्रतिक्रिया दिनुभयो ।

Shreekrishna

“सर्वीयामा काम र ज्याला नपाएपछि इटली जान हिडेका म लगायत १३ जना नेपालीहरु चढेको ढुङ्गा दुर्घटना हुदाँ पानीमा डुबेर घाइते अवस्थामा त्यहाँको प्रहरीले उद्दार गरेर उपचार गरेपनि राहदानी लगायत कागजात नहुँदा अलपत्र बनेको थिए,” भुवनले भन्नुभयो “मलाई त्यहाँ लैजाने सन्तोष विक, किसान बिक र कमल अधिकारीले बेवास्ता गरेपछि घरमा खबर गरेर आप्रवासी स्रोत केन्द्र मार्फत उद्दार भएर घर आउन पाउँदा नयाँ जिवन पाएको महशुस गरेको छु ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

चिसो पानीमा डुबेको र पानी निलेका कारण स्वास्थ्यमा गम्भिर समस्या भएका भुवनको स्वास्थ्यमा सुधार भएपनि आन्द्राको समस्या अझै निको हुन नसकेको बताउनुभयो । उनिहरु सर्बियामा जागिर र काम गरेको ठाउँमा तलब नपाएपछि त्यहाँबाट भागेर अबैध बाटोबाट इटली जाने क्रममा दुर्घटनामा परेका हुन् ।

आप्रवासी स्रोत केन्द्र म्याग्दीका कर्मचारी प्रमिला पौडेलले भुवनकी श्रीमती मिनाले पुष २३ गते पेश गरेको निवेदनको आधारमा गृह, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार वोर्ड, जर्मन राजदुतावाससँग समन्वय गरेर उद्दार गरिएको बताउनुभयो ।

प्रतिव्यक्ति रु. ११ लाख तिरेर भुवनसँगै सर्वीया पुगेका म्याग्दीका अन्य तीन पनि भने जस्तो काम र तलब नपाएपछि घर फर्किएका छन् । भुवनसँगै दुङ्गा दुर्घटनामा परेका बेनी नगरपालिका–९ काउलेगौडाका बिष्ने सार्कीको अवस्था भने अझै अज्ञात रहेकाले खोजी गरिदिन उहाँका आफन्तले आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएका छन् ।

बिष्नेका भाई दिलगोपाल सिकेले दुङ्गा दुर्घटना भएको दिनदेखि सम्पर्क विहिन बिष्नेको अवस्था पहिचान र उद्दारका लागि भएको पहलबाट अहिलेसम्म उपलब्धी नहुँदा निराश बनेको बताउनुभयो । “सर्बियाको प्रहरीको नियन्त्रणमा रहेको अथवा अस्पतालमा उपचार गराईरहेको हुन सक्ने अनुमान गरेका छौ,” उहाँले भन्नुभयो “अवस्था पहिचान नुहँदा अलमलमा परेका छौ ।”

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...