अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।

अन्यत्रका किसानले सरदर प्रतिकिलो रु. ७० देखि ८० का दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले माघ लागेपछि टिप्न थालेका छन् । हाल प्रतिकिलो रु. एक सय ६० का दरले बिक्री भइरहेको बाँसखर्कको सुन्तलाको भाउ दैनिक जसो उकालो चढीरहेको अगुवा किसान जगतबहादुर खत्रीले बताउनुभयो ।
“देशका अन्य ठाउँको बगैचा रित्तिएपछि व्यापारीहरूले बाँसखर्कको सुन्तला किनेर लैजान थालेका छन,” उहाँले भन्नुभयो “माघ महिनासम्म बगैचामा राखिने भएकाले बाँसखर्कको सुन्तलाले राम्रो बजारभाउ पाएको हो । माघको अन्तिममा प्रतिकिलो रु. दुई सय सम्ममा सुन्तला बिक्री हुन्छ ।”
पोखरा, काठमाडौं र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आएका छन् । समुन्द्र सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाईमा रहेको बाँसखर्कका दुई सय ३९ मध्य दुई सय घरपरिवारले सुन्तला खेती गरेका छन । एक वटा परिवारले वार्षिक कम्तीमा रू पाँच लाखको सुन्तला बेच्छन ।
बाँसखर्कमा ५३ वर्षअघि बलबहादुर अर्मजा र बलबहादुर खत्रीले सुन्तलाका बिरुवा लगाउँदा तप्केनी भई खेतीबाली बिग्रन्छ भनेर छिमेकीले उखेलेर फालिदिएका थिए । बाँसखर्कमा व्यवसायिक सुन्तला खेती भित्र्याउदाँ काडा रोपेर खेतबारी बिगार्न खाजेको आरोप खेपेका उहाँहरु अहिले जिवित नरहेपनि समाजले सम्झीरहेको छ । अर्मजा र खत्रीको गाउँलाई सम्बृद्ध, आत्मनिर्भर बनाउने पाँच दशकअघिको योजनाको लाभ उहाँका सन्ततिले मात्र नभएर सिंगो बासखर्कका बासिन्दाले लिएका छन् ।

“हाम्रो बुवाले वि.स. २०२८ सालमा रोपेको सुन्तलाको बिरुवा उखेलेर फालिदिएछन, पछि वि.स. २०३२ मा ल्याएर रोपेको बिरुवाले अहिले पनि फल दिइरहेको छ,” बलबहादुर खत्रीका छोरा नरबहादुरले भन्नुभयो “बुवा वितेर गएको २२ वर्ष भयो, मैले र भाईले वर्षेनी रु. १० देखि १३ लाखका दरले सुन्तला बेच्छौ । बुवाको पेन्सन हामीले खाइरहेका छौ । सुन्तला खेतीले बासखर्कबासीको आर्थिक र सामाजिक हैसियत फेरिएको छ ।”
बाँसखर्कको एक हजार पाँच सय रोपनी जग्गामा सुन्तला खेती भएको छ । यसवर्ष रु. २० करोड मूल्य बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । बाँसखर्कमा ५१ हजार एक सय ५१ सुन्तलाका बोट छन् ।
वि.स. १९९७÷९८ तिर बजारमारे र विरमारेमा सोखका लागि करेसाबारीमा एक÷दुई बोट सुन्तला लगाएका थिए । व्यवसायिक चेतनाको विकास र कृषि विकास बैङ्कले ऋण दिन थालेपछि बाँसखर्कमा वि.स. २०३० को दशकमा सुन्तला खेती विस्तार हुन थालेको अगुवा कृषकहरु बताउँछन् ।

Shreekrishna

लुम्लेको कृषि अनुसन्धान केन्द्रमा काम गर्ने बाँसखर्कका सेवानिवृत गोर्खा सैनिकहरुको पहलमा सुन्तलाका बिरुवाको बजारीकरण हुने भएकाले केही कृषकले नर्सरी पनि सञ्चालन गरेका थिए । वार्षिक रु. २३ लाखको सुन्तला बेच्ने शान्तबहादुर छिन्तेल आफूहरुको आर्थिक हैसियतमा धेरै परिवर्तन आएको बताउनुभयो ।

“धान, कोदो र मकै खेती गरेर छ महिना पनि खान पुग्दैनथ्यो, छोरा, छोरी पढाउन र घरव्यवहार चलाउन विदेश जानुपर्ने बाध्यता थियो,” उहाँले भन्नुभयो “अहिले आफू आत्मनिर्भर र स्वरोजगार भएर पनि अरुलाई समेत बगैचामा काम दिन सक्ने भएका छौ ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

समुुन्द्रि सतहदेखि एक हजार एक सय देखि एक हजार नौ सय मिटरको उचाईमा रहेको बाँसखर्कका दुई सय ३९ घरपरिवार मध्य मालगाउँ र घुमाउने ताल बाहेकको बस्तिका दुई सय बढी घरपरिवारले सुुन्तला खेती गरेका छन् । मलगाउँमा किवी खेती हुन्छ ।

बाँसखर्कको एक हजार पाँच सय रोपनी क्षेत्रफलमा ५१ हजार एक सय ५१ सुुन्तलाका बोट छन् । सर्वेक्षणको नेतृत्व गर्नुभएका बाँसखर्कको ज्योतीमण्डल माविका प्रअ मेखबहादुर खत्रीले यस वर्ष २६ हजार सात सय छ बोटमा करिब रु. २० करोडको सुन्तला उत्पादन भएको छ ।

गत वर्ष रु. १८ करोड, २०८० मा ११ करोड र त्यसअघिको वर्ष रु. १० करोड बराबरको सुन्तला बिक्री भएको थियो । क्षेत्रफल विस्तार, फल लाग्ने नयाँ विरुवा थपिएको, बगैचा ब्यवस्थापन, अनुकुल मौसम, दाना झर्ने समस्या कम भएको र दाना धेरै लागेकाले उत्पादन बढेको हो ।

“थप २४ हजार चार सय ४५ सुुन्तलाको बोट बगैचामा हुर्किरहेका छन्,” खत्रीले भन्नुभयो “सुन्तलाखेतीबाट एउटा परिवारले वार्षिक रु. चार लाख देखि ४० लाख सम्म आम्दानी गर्छन् ।” सबै बोटले फल दिँदा केही वर्षमा उत्पादन दोब्बर बढेर झण्डै रु ४० करोड हाराहारी पुग्ने अनुमान गरिएको छ ।

बाँसखर्कका किसानले धान, कोदो, मकै, गहुु खेतीको विकल्पमा सुन्तला खेती गरेका छन् । पहिले बाँसको जङगल भएको र हिउँदमा गाईभैसी, भेडाबाख्राको गोठ राख्ने भएकाले बाँसखर्क रहन गएको किम्बदन्ती छ । पुरानो बाँसखर्कको पाखो अहिले सुन्तलाखर्कमा परिणत भएको छ ।

सुन्तला बगैचा अवलोकन गर्न पर्यटकहरु आउँछन् । म्याग्दी र पर्वतलाई समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको प्रवेशबिन्दु बाँसखर्क हो । माथिल्लो बाँसखर्कमा घरबास सञ्चालन भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...