सिंगा तातोपानीमा बजार संरक्षण योजना शुरु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

म्याग्दी, ः म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा बस्ति संरक्षण योजना निर्माण शुरु भएको छ ।

जलस्रोत तथा सिचाई ब्यवस्थापन आयोजना कार्यालय पोखराले सिंगा तातोपानीमा मसारटोल स्थित म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की संरचना निर्माणको काम थालेको हो ।

कार्यालयका इञ्जिनियर नरजङ गुरुङले हिउँद लागेर नदीमा पानीको सतह घटेपछि ठेक्का सम्झौता गरेको निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालित भएको बताउनुभयो । म्याग्दी नदीलाई ‘डाइभर्सन’ गराएर जोखिमयुक्त ठाउँमा ‘कम्पोजिट’ प्रबिधीको पर्खाल निर्माणका लागि जग खन्न थालिएको उहाँले बताउनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

एक सय दुई मिटर लामो, भुईमा चार मिटर चौई भएको तीन मिटर अग्लो कंक्रिट र त्यसमाथी ग्याविन पर्खाल निर्माण गरिने भएको छ । रु. तीन करोड ६८ लाख ८६ हजार चारसय ८६ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि आर.आर.सी.÷जेमी जेभी सँग रु. दुई करोड ७१ लाख आठसय ४४ मा २०८२ बैशाख १० गते ठेक्का सम्झौता भएको छ ।
वि.स. २०८३ असार २० गतेसम्मको ठेक्का अवधी रहेको योजना निर्धारित समयभित्रनै सम्पन्न गर्ने लक्ष्य सहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री ब्यवस्थापन गरेको निर्माण कम्पनीका प्रतिनिधी रामचन्द्र कार्कीले बताउनुभयो ।

वि.स. २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानी स्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुई वटा घर भत्किएका थिए । फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवति आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् ।

करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ । यसअघि ग्यावीयन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिदै आएकोमा गत वर्ष देखि पक्कि पर्खाल निर्माण गर्न थालिएको वडा अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । प्राकृतिक उपचार स्थलको रुपमा परिचित तातोपानी म्याग्दीको प्रमुख पर्यटकीय स्थल पनि हो ।

गत आर्थिक वर्ष २०८१÷०८२ मा संघीय र प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरक ÷फरक ठाउँमा सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिचाई तथा खानेपानी डिभिजन कार्यालयले पक्कि पर्खाल निर्माण गरेका थिए ।
गत वर्ष संघीय सरकारको बजेटबाट यसपालीको योजना भन्दा माथिल्लो क्षेत्रमा (सरस्वती माविको पछाडी) ६६ मिटर लामो कम्पोजिट प्रबिधिको पर्खाल निर्माण भएको थियो । प्रदेश सरकारको बजेटबाट उपल्लो तातोपानी बजार पछाडी ४० मिटर लामो पलम, सेयर र ग्यावीयन पर्खाल निर्माण भएको थियो । यसपाली प्रदेश सरकारले बिनियोजन गरेको रु. २० लाख बजेटबाट पनि सोही क्षेत्रमा नदी नियन्त्रणका लागि थप संरचना निर्माणको काम अघि बढेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...