
बेनी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल टे«ड युनियन महासंघ अन्तर्गत अखिल नेपाल यातायात मजदुर संघ म्याग्दीको भेला आयोजक समिति गठन भएको छ ।
प्रेम श्रीसको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्यहरुमा रेशबहादुर बि.क, राजेन्द्र गिरी, कृष्ण किसान, गोपाल दर्जी, अंगित थापा, नेत्र अधिकारी र एक बहादुर बिक रहनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य गोविन्द पौडेलको उपस्थितिमा भएको भेलाले यही माघ महिनाभित्र जिल्ला सम्मेलन अथवा भेला गर्ने निर्णय गरेको छ । पौडेलले म्याग्दीका यातायात व्यवसायी र मजदुरहरुको पक्षमा काम गर्ने पार्टी नेकपा भएको बताउनुभयो ।

नेकपाका नेता तथा म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा पोखरा बाहिरका ट्याक्सी चालकहरुको पटके समस्या हटाउन कानुन संसोधन गरेर व्यवसायी, मजदुर र यात्रुहरुको पक्षमा काम गरेको सहभागी व्यवसायीहरुले बताएका थिए ।
दुई जिल्ले रुट परमिट र पटकेको ब्यवस्था हटाएपछि गण्डकी प्रदेशभर निर्बाध रुपमा सार्वजनिक यातायात सञ्चालनको अवसर मिलेको ब्यवसायीहरुको भनाई छ । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा म्याग्दीबाट नेकपाका उमेद्वार अर्जुन थापालाई जिताउन यातायात ब्यवसायीहरुलाई अपिल गरिएको संयोजक श्रीसले बताउनुभयो ।

