म्याग्दी जेसीजका पदाधिकारीहरुलाइ तालिम

Gandaki Ghumau

बेनी । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रीय म्याग्दी जेसीजले सन २०२६ का पदाधिकारीहरुलाई तालिम प्रदान गरेको छ ।

‘‘अधिकारीहरूबाट परिवर्तनका वाहकहरूतर्फ ः परिवर्तनको नेतृत्व गर्दै, पुस्ताहरूलाई सशक्त बनाउँदै” भन्ने शिर्षक मा तालिम सम्पन्न भएको हो । तालिममा प्रमुख प्रशिक्षक म्याग्दी जेसीजका पुर्व अध्यक्ष एवं नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, बाग्लुङ जेसीजका पुर्व अध्यक्ष एवम नेपाल जेसीजका पुर्व राष्ट्रिय कानुनी सल्लाहकार सुदिपराज भण्डारी र म्याग्दी जेसीजका पुर्व अध्यक्ष एवं नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्रीले प्रशिक्षण दिनुभएको थियो ।

Gunasthariya Shiksya

म्याग्दी जेसीज बर्ष २०२६ का शाखा अध्यक्ष दिनेश कुमार विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दी जेसीका संचालक समितको अवार्ड जर्जमेन्ट चियर प्रसन खम थापा ,प्रमुख सल्लाहकार विरेन्द्र श्रेष्ठको पनि उपस्थित रहेको थियो । कार्यकारिणी उपाध्यक्ष नवीन पौडेल ले स्वागत मन्तव्य र मन्जुर कटुवाल क्षेत्री ले जेसीज आस्थापाठ गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव गोकुल विकले गर्नुभएको थियो ।

Shreekrishna

म्याग्दी जेसीजका शाखा अध्यक्ष विश्वकर्माले बर्ष २०२६ लाई ऐतिहासिक बर्ष वनाउन मुख्य भुमिका संचालक समिति का पदाधिकारीहरुको रहेको र जेसीज अभियान मा लागेर युवाहरुको नेतृत्व, ब्यक्तित्व विकास संगै सभ्य समाज बनाउन युवाहरु मुख्य भुमिका रहेको जानकारी सहित कार्यक्रम को समापन गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...