दर्मीजामा सामुदायिक भवन निर्माण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

म्याग्दी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण भएको छ ।

रु. ४२ लाख रुपैयाँको लागतमा करिब तीन सय जना क्षमताको सामुदायिक भवन निर्माण भएको हो । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु. १५ लाख र रघुगङ्गा गाउँपालिकाबाट रु. २० लाख बजेट बिनियोजन भएको उपभोक्ता समितिका अध्यक्ष बिप्रसाद पुनले जानकारी दिनुभयो ।

दर्मीजा प्रभावित क्षेत्र रहेको माथिल्लो राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक तुदी पावर कम्पनीले रु. पाँच लाख सहयोग गरेको छ । आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत थप रु. तीन लाख बिनियोजन भएको वडा अध्यक्ष पविन गर्बुजाले बताउनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

निर्माण शुरु भएको तीन वर्षमा भवन सम्पन्न भएको हो । भवन निर्माण भएपछि भेला, बैठक, छलफल, सांस्कृतिक कार्यक्रम आयोजना गर्न सहज भएको छ । बिवाह, छेवार, किरीया लगायत संस्कारगत कार्य र भोजभतेरका लागि टहरा बनाउनुपर्ने समस्या हटेको छ ।

दर्मीजामा एक सय घरपरिवारको बसोबास छ । यसअघि पञ्चायतकालमा निर्माण भएको भवन सामुदायिक भवन जिर्ण बनेपछि त्यसलाई भत्काएर नयाँ निर्माण गरिएको हो । भवनको दर्मीजाका जेष्ठ नागरिक पदमबहादुर गर्बुजा र प्रतिनिधीसभाका निर्वतमान सांसद खमबहादुर गर्बुजा (खम्बिर)ले शुक्रबार उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, पुर्व सांसद बिनोद केसी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन लगायतको उपस्थिति रहेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...