तीन हजारभन्दा बढी विद्यार्थीका निःशुल्क मुटु परीक्षण

Gandaki Ghumau

बेनी, । बेनी नगरपालिकामा सञ्चालन भएको निशूल्क मुटु परिक्षण शिवरबाट तीन हजार जना भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् ।

हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौंको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ म्याग्दीको आयोजनामा प्रकाश मावि बेनी र बेनी सामुदायिक माविका तीन हजार ५८ जना विद्यार्थीको मुटुको परीक्षण गरिएको थियो ।

शिविरमा तीन सय दुई जना विद्यार्थीहरुको मुटुको भिडियो एक्स–रे (इकोकार्डियोग्राफी) मार्फत परीक्षण गर्दा पाँच जना विद्यार्थीको मुटुको उपचार गर्नुपर्ने भेटिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष रामजीप्रसाद सुबेदीले बताउनुभयो । शिविरमा एक सय जना शिक्षक, कर्मचारीको समेत स्वास्थ्य परीक्षण गरिएको थियो ।

Shreekrishna

म्याग्दीमा प्रतिष्ठानको एकाइ गठन भएपछि पहिलोपटक आयोजित शिविरमार्फत जटिल समस्या देखिएका विद्यार्थीको निशुल्क उपचार हुने जनाइएको छ । शिविरको अवसरमा मुटुरोग विशेषज्ञ डा.प्रेमराज बैद्य सहित छ जना चिकित्सकको टोलीले परिक्षण गर्नुभएको थियो ।

Gunasthariya Shiksya

प्रकाश मावि र बेनी सामुदायिक माविलाई स्टेशन बनाएर बालमन्दिर मावि, जडभरत आधारभुत विद्यालय,म्याग्दी बहुमुखी क्याम्पस, हंसबाहिनी आधारभुत विद्यालय, जामुनाखर्क मावि, सरस्वती मावि तातोपानी, सरस्वती आधारभुत विद्यालय बगरफाँटका विद्यार्थीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको थियो ।

हेलचेक्राई गर्दा बालबालिकामा मुटुको समस्या देखिने गरेको डा. बैधको भनाई थियो । शिविरको बेनी नगरपालिकाका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रअ लेखबहादुर हमाल लगायतको उपस्थिती रहेको थियो ।

हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौंका पूर्व अध्यक्ष दिपेन्द्र पुरुष ढकालले बालबालिकामा देखिन सक्ने जन्मजात तथा बाथ मुटु रोगको समयमै पहिचान गरी उपचारमा सहयोग पु¥याउनका लागि विद्यार्थीहरुको निःशुल्क मुटु परीक्षण गरिएको बताउनुभयो ।

म्याग्दीमा प्रतिष्ठान मार्फत ग्रामिण क्षेत्रमा समेत शिविर सञ्चालन गर्ने योजना बनाइएको छ । आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचारमा समेत सघाउने प्रतिष्ठानका जिल्ला सचिब केशबप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...