महाविरलाई नेशनल रिपब्लिक नेपाल पार्टीको समर्थन

Gandaki Ghumau

म्याग्दी, । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेद्वार बन्नुभएका महावीर पुनलाई नेशनल रिपब्लिक नेपाल पार्टीले समर्थन गरेको छ ।

पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका तुलप्रसाद गर्बुजाले स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गर्दै आफ्नो उम्मदवारी फिर्ता लिने घोषणा गर्नुभएको हो ।

Gunasthariya Shiksya

विहिवार विज्ञप्ती जारी गर्दै गर्बुजाले आफ्नो दलको दर्शन, बिचार र सिद्धान्तप्रति प्रतिबद्धता कायम राख्दै फागुन २१ गतको निर्वाचनमा डा. महावीर पुन स्वतन्त्र रुपमा उम्मेदवार बनेर आएकाले उहाँलाई सर्वसम्मतीका साथ साझा उम्मेदवार बनाएर निर्विरोध निर्वाचित गराउनुपर्छ भन्ने मान्यताका साथ आफुले उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेको जनाउनुभएको छ ।

Shreekrishna

उहाँले शुक्रवार आयोगले निर्धारण गरेको समयसिमाभित्र जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता गर्ने समेत जानकारी दिनुभयो । यसै पार्टीबाट यस अघिका निर्वाचनमा उम्मेदवार बन्नुभएका डिके पुन, ओमराज मगर र दिपक पुनले समेत महावीर पुनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गी गाउँमा जन्मिएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहनुभएका महावीर पुनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रबिधी मन्त्रि पदबाट राजिनामा दिएर उमेद्वार बनेपछि चर्चा र चासो बढेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...