लामाखेतमा नदी नियन्त्रण योजना निर्माण शुरु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा नदी नियन्त्रण योजना निर्माण शुरु भएको छ ।

लामाखेतमा रहेको जलजला गाउँपालिकाको कार्यालय, बस्ति र सार्वजनिक सम्पत्तीलाई कालीगण्डकीमा आउने बाढी र कटानबाट बचाउनका लागि सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरा मार्फत योजना सञ्चालन भएको हो ।

कुश्मा नगरपालिका–४ स्थित अर्मादी र जलजला गाउँपालिकाको लामाखेतमा एक सय २९ मिटर लामो ‘कम्पोजित’ प्रबिधीको पर्खाल निर्माणका लागि रु. चार करोड ८३ लाख दश हजार पाँच सय ६८ लागत अनुमान गरेर ठेक्का आव्हान भएको थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

रु. दुई करोड ९६ लाख ३४ हजार आठ सय ३७ मा गत असारमा ठेक्का सम्झौता गरेको नकुल–बिआरटी–शाय जेभीले कार्यक्षेत्रमा काम थालेको आयोजना कार्यालयका इञ्जिनियर नरजङ गुरुङले बताउनुभयो ।

“चालुु आर्थिक वर्ष भित्रनै कम्पोजित पर्खाल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ,” उहाँले भन्नुभयो “भुईमा चार मिटर चौई भएको तीन मिटर अग्लो कंक्रिट र त्यसमाथी ग्याविन पर्खाल निर्माण हुनेछ् ।”

यस वर्ष बेनी सहित म्याग्दी र कालिगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङ गरेर छ वटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सुरु भएका आयोजना कार्यालयका प्रमुख बिदुुरमान श्रेष्ठले बताउनुभयो ।

ती योजनाको ठेक्का सम्झौता भई निर्माणका लागि निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भइसकेका छन् । ती आयोजनाहरुको कुल लागत अनुमान रु. २० करोड २९ लाख ७६ हजार आठसय ३९ रहेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...