म्याग्दीमा १३ जनाको उमेद्वारी दर्ता

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा मंगलबार १३ जना उमेद्वारले मनोनयनपत्र दर्ता गराउनुभएको छ ।

दुई जना स्वतन्त्र र १२ जना राजनीतिक दलका उमेद्वारको मनोनयनपत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदीको मनोनयन दर्ता भएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेकपा (माओवादी)का क्षेत्रबहादुर घिमिरे (धु्रब), प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजाको उमेद्वारी दर्ता भएको छ ।

Shreekrishna

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रबिधी मन्त्रीबाट राजीनामा दिनुभएका डा. महाविर पुन र बेनीका नविन जिसीले स्वतन्त्र उमेद्वारी दर्ता गराउनुभएको छ । शान्त र सौहार्दपूर्ण वातावरणमा मनोनयन दर्ता भएको छ ।

यसपालीको मनोनयन दर्तामा विगतको जस्तो बाजा बजाएर तामझाम देखिएन् । उमेद्वारहरु आफ्नो पार्टी कार्यलयबाट शान्त पुर्वक झण्डा र चुनाव चिन्ह बोकेर नेता कार्यकर्ताहरुको ¥याली सहित मनोनन दर्ता गराउन जिल्ला समन्वय समितिको भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र कायम रहेका छन् । जिल्लामा अनुभवी नेता र नयाँ पुस्ताका अनुहारबीच रोचक प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।

नेपाली कांग्रेस ः भण्डारीको भरोसा

नेपाली कांग्रेसले जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (केबी)लाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट उदाएका ५७ वर्षीय भण्डारी रघुगंगा गाउँपालिका–२ भगवतीका बासिन्दा हुन । २०७२ सालमा कार्यवाहक जिल्ला सभापति बनेका उनले नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड डाइरेक्टरका रूपमा काम गर्दै विद्युतीय भोटिङ मेसिन निर्माण अभियानको नेतृत्व गरेका थिए । उहाँले द्धन्दकालमा सुरक्षा ब्यवस्थापनको अवधारणाको विकास गराउनुका साथै नेपालमा विद्युतीय भोटिङ मेसिन भित्र्याउने व्यवसायिक र अनुसन्धान टोलीमा सहभागी हुनुभएको थियो ।
भण्डारीलाई कांग्रेसले अनुभव, संगठन र “डेलिभरी क्षमता”को आधारमा अघि सारेको बताइएको छ ।
नेकपा (एमाले) ः शालीन छवि भएका श्रेष्ठ

एमालेले हरिकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएसँगै चुनावी समीकरण थप रोचक बनेको छ । बेनी नगरपालिका–७ निवासी श्रेष्ठ साविक अर्थुंगे गाविसका पूर्वअध्यक्ष तथा एमालेका केन्द्रीय सदस्य हुन । २०७९ को निर्वाचनमा काँग्रेसका खबहादुर गर्बुजासँग पराजित भएका श्रेष्ठ दोस्रो पटक उमेद्वार बन्नुभएको हो । अघिल्लो चुनावमा काँग्रेसलाई माओवादी, समाजवादी दलहरुले सघाएका थिए ।
स्वच्छ छवी, शालिन र बौद्धिक व्यक्तित्वका रूपमा चिनिएका श्रेष्ठले दुई कार्यकाल एमाले म्याग्दीको अध्यक्षको नेतृत्व गर्नुभएको छ । रेडक्रस सोसाइटी, बेनी खानेपानी उपभोक्ता संस्था लगायतको नेतृत्व गरेका अनुभवी श्रेष्ठ एमालेको हालै सम्पन्न महाधिवशेनबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि एमालेको गण्डकी प्रदेश सचिवालय सदस्य हुनुहुन्थ्यो । पुरानो जनाधार र बलीयो संगठनलाई जितको आधार बनाएको एमालेलाई पुराना दलका नयाँ उमेद्वार र नयाँ दल र स्वतन्त्र उमेद्वार चुनौति देखिएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

नेपाली कम्युनिष्ट पार्टी ः अर्जुन थापाको उदय

नेपाली कम्युनिष्ट पार्टीले धवलागिरी–७ धारापानीका ४२ वर्षीय अर्जुन थापालाई उम्मेदवार बनाएको छ । पार्टी संगठनमा लामो समयदेखि सक्रिय थापालाई युवा पुस्ताको प्रतिनिधि र परिवर्तनको संवाहकका रूपमा अघि सारिएको छ । हेम नमुना आवासीय माविमा वि.स. २०५६ मा अखिल क्रान्तिकारीको अध्यक्ष भएर राजनीति शुरु गरेका थापा अध्ययन र ब्यवसायको शिलशिलामा काठमाडौमा रहँदा सामाजिक क्षेत्रमा सक्रिय हुनुभयो ।

काठमाडौमा स्वतन्त्र रक्तदाता समूह बनाएर १० हजार जना भन्दा बढी बिरामीको उपचारका लागि निशूल्क रगतको ब्यवस्था मिलाएका थापाले वैदेशिक रोजगारीका क्रममा ठगिएका र समस्यामा परेकाहरुको उद्दारमा अगुवाई गर्दै आउनुभएको छ । काठमाडौका विभिन्न अस्पतालमा उपचारका लागि पुगेका विपन्न म्याग्देलीहरुको उपचारका लागि उहाँले व्यक्तिगत र अभियान चलाएर सहयोग जुटाउनुभएको छ । थापाले काठमाडौमा शुषासनको पक्ष र ढिलासुस्ति, बेथितिका विरुद्ध अभियन्ताको रुपमा सक्रिय रहदै आउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ः युवा नेता रोकाको चुनौती

रास्वपाले जिल्ला सभापति युवराज रोका मगरलाई मैदानमा उतारेको छ । बेनी–३ नयाँपुलका रोका सामाजिक अभियानमा सक्रिय युवा हुन । वैदेशिक रोजगारीबाट फर्किएपछि राजनीतिमा सक्रिया रोका ३४ वर्षका हुनुहुन्छ । सुर्केमेला युवा क्लवको अध्यक्ष भएर नेतृत्वको अनुभव हाँसिल गरेका रोकाले म्याग्दीमा रास्वपाको संगठन विस्तारमा योगदान गर्नुभएको छ । मन्त्री महावीर पुन उम्मेदवार बन्ने चर्चा चले पनि अन्ततः पार्टीले संगठन निर्माणमा खटिएका रोका मगरलाई रोजेको हो । नयाँ शक्तिप्रतिको आकर्षणलाई मतमा रूपान्तरण गर्नु उनका लागि अवसर र चुनौती दुवै हुनेछ । पार्टी एकीकरणपछिको जनमत आफ्नो पक्षमा बढिरहेको दाबी दलले गरेको छ ।

नेकपा माओवादी ः संसदीय राजनीतिमा ध्रुब घिमिरेको प्रवेश

पहिलो संसदीय परीक्षामा नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपा माओवादीले ध्रुव घिमिरेलाई उम्मेदवार बनाएको छ । म्याग्दी बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति घिमिरे दश वर्षे जनयुद्धका सक्रिय र म्याग्दीमा चर्चीत पात्र हुन । घिमिरे एक प्रभावशाली नेताका रुपमा परिचित छन् । विगतका निर्वाचन बहिष्कार गरेको यो समूह पहिलो पटक प्रतिस्पर्धामा उत्रिँदै “राजनीतिक उपयोग”को रणनीतिमा देखिएको छ । नेकपा माओवादीका पोलिट ब्युरो सदस्य र म्याग्दी जिल्ला इञ्चार्ज रहेका ध्रुब पहिलो पटक संसदीय राजनीतिक प्रतिस्पर्धामा उत्रनुभएको छ ।

राप्रपाबाट डम्बर सुबेदीको नयाँ अध्याय
राप्रपाले बेनी–२ खवराका युवा नेता डम्बर सुबेदीलाई उम्मेदवार बनाएको छ । पार्टी संस्थापक भीमप्रसाद गौचनको परिवारबाहिरबाट प्रत्यक्षतर्फ पहिलो पटक अवसर पाएका सुबेदीले जेन–जी आन्दोलनको भावना अनुसार उम्मेदवारी दिएको बताएका छन । म्याग्दीमा राप्रपाका लागि यो पुस्तान्तरणको प्रयोगसमेत हो । सुवेदी पनि युवा उमेद्वार हुन् ।

महावीर पुनको उमेद्वारीले हलचल

म्यागासेसे पुरस्कार विजेता तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले स्वतन्त्र उम्मेदवारी दिएका छन । मन्त्री पदबाट राजीनामा दिएलगत्तै निर्वाचनमा होमिएका पुनले विज्ञान, प्रविधि र नवप्रवर्तनमैत्री नीति निर्माणका लागि संसद आवश्यक रहेको बताएका छन । नागीमा जन्मिएका पुनप्रति विशेष गरेर प्रवासमा रहेका म्याग्देलीहरुले भरोसा गरेका छन् । महाविरको उमेद्वारीले म्याग्दीको राजनीतिमा हलचल र नयाँ बहस सिर्जना गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...