काठमाडौं १ का वासिन्दाले दल भन्दामाथि उठेर स्थानीय उम्मेदवारलाई सघाउने

Gandaki Ghumau

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुले समेत कस्तो प्रतिनिधि चयन गर्ने भनेर छलफल चलाउन थालेकाछन् ।

दलीय आस्थाका आधारमा मात्र उम्मेदवार छान्दा स्थानीय प्रतिभावान व्यक्ति ओझेलमा पर्ने र यसको असर अन्ततः देशलाई पर्ने भएको भन्दै उनीहरूले समाजमा भिजेको, समाज बुझेको, स्थानीय अवस्था र जनताबारे परिचित भएको ब्यक्तिलाई सघाउने धारणा बनाउन थालेकाछन् ।

काठमान्डौ क्षेत्र नं १ मा आयोजित माघे संक्रान्ती कार्यक्रममा स्थानीय वुद्वीजिविहरुले अब काठ्मान्डौ १ मा राजनीतिक दल भन्दा माथि उठेर स्थानीय उम्मेदवारलाई नै प्राथमिकताका साथ सघाउने समझदारी गरेकाछन् ।

Shreekrishna
Gunasthariya Shiksya

पूर्व सचिव देवेन्द्र सिटौला, समाजसेवी शोभित उप्रेती, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, पूर्व प्रहरी रमेश खरेल, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतले राष्ट्र निर्माण गर्न दल भन्दा पनि माथि उठेर असल उम्मेदवारलाई जिताउनुपर्ने धारणा राखे ।

कार्यक्रममा राप्रपाका महामन्त्री भुवन पाठकले जनभावना बुझेर उम्मेदवार चयन गर्नुपर्नेमा आफ्नो पार्टी गम्भीर भएको बताएका थिए ।

काठमाडौं १ का बुद्धिजीवी एवम स्थानीयवासीले बाहिरबाट आउने कुनैपनि उम्मेदवारलाई सघाउन नसकिने भन्दै दलहरुको ध्यानाकर्षण पनि गराएकाछन्

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...