म्याग्दीका मगर समुदायले हर्षोउल्लासका साथ माघे संक्रान्ति पर्व मनाए

Gandaki Ghumau

बेनी। म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायले बिहिबार धुमधामसँग माघे संक्रान्ति पर्व मनाएका छन् ।

जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे संक्रान्ति र साउनेसंक्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसंख्यक छन्त्याल समुदायले माघेसंक्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन ।

साउने संक्रान्तिलाई हिउँद र माघे संक्रान्तिलाई बर्खा सुरू भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको छ । माघे संक्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ ।

Shreekrishna

यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउने संक्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको छ ।

चेलीबेटीहरू तरुल र सेलरोटी, फलफुल लिएर माघे संक्रान्तिमा माइतीघर जान्छन । माघे संक्रान्ति पर्वको अवसरमा मगर बस्तिहरुमा खेलकुुद तथा सांस्कृतिक मेला आयोजना भएका छन् ।

Gunasthariya Shiksya

सदरमुकाम बेनी, मालिका गाउँपालिकाको केन्द्र दरवाङ लगायत मगर बाहुल्य बसोबास भएका गाउँहरुमा बिहिबार झाँकी प्रर्दशन र सांस्कृतिक कार्यक्रम गरिएको छ । बेनीमा नेपाल मगर संघ, म्याग्दीको आयोजनामा सांस्कृतिक प्रस्तुति र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले मगर समुदायको कला, संस्कृतिको पुस्तान्तरण, भाषाको संरक्षणमा जोड दिनुभयो । गण्डकी प्रदेशसभाबाट मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्ने विधेयक पारित भइसकेको जानकारी गराउदै म्याग्दीका स्थानीय तहहरुमा मगर भाषा प्रचलनमा ल्याउन पहल गर्नुपर्ने बताउनुभयो ।

“मगर समुदायका युवा युवतिहरु आरक्षणको सुविधाको उपभोग गरेर सार्वजनिक सेवाको क्षेत्रमा अग्रसर बन्नुपर्ने देखिन्छ,” उहाँले भन्नुभयो “मगर संघलाई सबै मगरहरुको साझा संस्थाको रुपमा विकास गरेर अप्ठ्यारो परेको अवस्थामा सघाउने वातावरण बनाउन आवश्यक छ ।”
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरले मगर समुदायभित्र एकता कायम र विभाजन रोकेर सांस्कृतिक पहिचान बचाउन नयाँ पुस्तालाई अग्रसर बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बेनी सामुदायिक माविका नवनियुक्त प्रअ भिम घर्तीलाई सम्मान गरिएको थियो ।

नेपाल मगर संघ म्याग्दीका अध्यक्ष खम थापामगरले हरेक तीन वर्षमा एक पटक बेनीमा माघे महोत्सव आयोजना गर्ने तयारी भएको जानकारी दिनुभयो । संघका सचिव रमेश फगामीको सञ्चालन र उपाध्यक्ष बिष्णु रोकामगरले सञ्चालन गर्नुभएको कार्यक्रममा कलाकार गिता पाइजा पुनले गित र अन्य कलाकारहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...