म्याग्दीका रेशम बानिया नेपाली काँग्रेसको केन्द्रिय सदस्य चयन

Gandaki Ghumau

बेनी। म्याग्दीका नेता रेशम बहादुर बानिया नेपाली काँग्रेसको केन्द्रिय सदस्य चयन हुनुभएको छ ।

नेपाली काँग्रेसको बुधबार राती काठमाडौमा सम्पन्न बिशेष अधिवेशनबाट गण्डकी प्रदेशको भूगोलबाट म्याग्दीका बानिया, कास्कीका कृष्ण केसी केन्द्रिय सदस्यमा चयन हुनुभएको हो ।

काँग्रेसमा नेतृत्व र पुस्तान्तरणको मुद्दा उठाएका गगनकुमार थापाको नेतृत्वमा बनेको काँग्रेसको कार्यसमितिमा परेका बानिया वि.स. २०७० मा संविधानसभा सदस्यमा मनोनित हुनुभएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

वि.स. २०६४ मा नेपाली काँग्रेसबाट म्याग्दीमा प्रतिनिधीसभा सदस्यको उमेद्वार बन्नुभएका बानिया नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति पनि हुनुहुन्छ । काँग्रेसको केन्द्रमा भएको विभाजनको असर म्याग्दीमा पनि पर्ने देखिएको छ ।

शेरबहादुर देउवा नेतृत्वको समूहमा देखिएका नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा र गगनकुमार थापाको नेतृत्वमा बानिया देखिदाँ जिल्ला स्तरका कार्यकर्तामा अलमल सिर्जना भएको छ । कतिपय नेता कार्यकर्ताहरुले रुख चिन्ह र आधिकारिताको छिनोफानो भएपछि खुल्ने बताएका छन् ।

म्याग्दीका २६ जना महाविधेशन प्रतिनिधी मध्य बहुमत १६ जनाले विशेष महाविधेशनमा सहभागिता जनाएका नेता निर्मल खत्रीले बताउनुभयो । गगनकुमार थापाको नेतृत्वमा बनेको नयाँ टिममा गण्डकीबाट पदाधिकारीसहित केन्द्रीय सदस्यहरू समेटिएका छन् ।
पदाधिकारीमा तनहुँका प्रदीप पौडेल महामन्त्री बनेका छन् । उनी यसअघि १४ औँ महाधिवेशनबाट महामन्त्रीमै पराजित भएका थिए । सदस्यहरूमा पर्वतका अर्जुन प्रसाद जोशी, गोरखाका चिनकाजी श्रेष्ठ, टेकराज पौडेल, जगदिशचन्द्र उपाध्याय, तनहुँका ध्रुव वाग्ले, कास्कीका देवराज चालिसे, तिलक रानाभाट चयन भएका छन् ।
महिलामा बागलुङकी चम्पादेवी खड्का र तनहुँकी चिनु पोखरेल चयन भए भने विष्णुदेवी पाण्डे भूगोलबाट महिला सदस्य बनेकी छिन् । चम्पा प्रदेश सभा सदस्य हुन् । उनी प्रदेश सभाको प्रदेश मामिला तथा कानुन समिति सभापति छिन् ।
अपांगताबाट तनहुँका प्रकाश पन्थ, आदिवासी जनजाति खुलामा बागलुङका भीम श्रीस, आदिवासी जनजातिमा महिलाबाट गोरखाकी मनकुमारी गुरुङ, खसआर्य महिलामा पर्वतकी मुना भुषाल, पुरुषमा नवलपुरका विष्णुकुमार कार्की, मुश्लिममा गोरखाका अब्दुल सत्तार चयन भए । मुस्लिमबाट महिलामा पर्वतकी सनम बेगम, दलित क्लष्टरमा गोरखाका दिनेश सुनार चयन भएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...