आठ जना महिला उद्यमी पुरस्कृत

Gandaki Ghumau

बेनी। म्याग्दीका आठ जना महिला उद्यमीहरुलाई बुधबार नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले उद्यमीहरुलाई पुरस्कृत र सम्मान गरेको छ । बेनीमा बुधबारदेखि शुरु भएको ११ औ माघे संक्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रर्दशनीको उद्घाटन समारोहमा पुरस्कार तथा सम्मान गरिएको थियो ।

Gunasthariya Shiksya

धवलागिरी गाउँपालिका–७ को थापा कृषि फार्मका सिता थापा, अन्नपूर्ण गाउँपालिका–७ टिकोटको हरिमुल कृषक समूहका कोषाध्यक्ष टिका तिलिजा पुन, रघुगङ्गा गाउँपालिका–१ को बेगखोला अगरवत्ती उद्योगका रिसमाया पुर्जा, मालिका गाउँपालिका–५ को धवलागिरी अल्लो कपडा उद्योगका नेकसरा पुन, बेनी नगरपालिका–८ मा रहेको बेलढुङ्गा स्वर्गाश्रम हस्तकला उद्योगका कुमारी थापा र कालीगण्डकी चाउचाउ उद्योगका अनिता मल्ल केसी र बेनपा–८ को रेण सिलाई तथा वुटिक सेन्टरका रेनु मल्लालई पुरस्कृत गरिएको हो ।

Shreekrishna

उनिहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, संविधानसभा सदस्य गोविन्द पौडेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रत्येक उद्यमीलाई जनही रु. दुई हजार पाँच सय सहित प्रमाणपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गरिएको समितिका महासचिव प्रमिला जोशी श्रेष्ठले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...