
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो वडा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले पबहादुर कार्कीको अध्यक्षतामा बिष्णु भण्डारी उपसभापति, हुमबहादुर बरुवाल सचिव र सरोज कुमार मल्ल सह–सचिव रहेको वडा कार्यसमिति गठन गरेको हो । शर्मिला बाग्दास, शेरबहादुर थापा, दिलबहादुर खत्री, जुना भण्डारी, रिमबहादुर खत्री, जनक भण्डारी र कमल भण्डारी सदस्य रहनुभएको छ ।

शेरबहादुर कार्कीको संयोजकत्वमा गठन भएको संगठन विभागको उपसंयोजकमा राजु भण्डारी र ईश्वर कार्कीको संयोजकत्वमा गठन भएको द्रुत टोलीको उपसंयोजकमा सन्तोषबहादुर भण्डारी, सचिवमा विमल परियार, सदस्यहरुमा मोहन भण्डारी, मनीष भण्डारी रहनुभएको छ ।

रास्वपा म्याग्दीका सभापति युवराज रोका र उपसभापति छवी आचार्य लगायतको उपस्थितिमा भेला भएको थियो । फागुन २१ गत हुने प्रतिनिधीसभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा म्याग्दीमा रास्वपाले संगठन विस्तार र चुनाव प्रचारलाई समानान्तर रुपमा अघि बढाएको छ ।

